2 years ago
June 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी एसिसी यू–१६ इस्टर्न जोन कपमा थाईल्यान्डविरुद्ध घातक बलिङ गर्दै सहज जिततर्फ अघि बढेको छ । जितको लागि २ सय ७० रनको विजयी लक्ष्य पछ्याएको थाईल्यान्डले १२ ओभरमा ७ विकेट गुमाउँदै ४४ रन बनाएको छ ।

नेपालका कप्तान अभिषेक तिवारीले ओपनर आर्शिवाद नारायणलार्य शून्यमा बोल्ड गरे । जित सादालाई अभिषेकले नै विकेटकिपर आषिश लुहारबाट शून्यमा क्याच गराए ।
अशोक धामीले मनुवुनलाई ४ रनमा नरेन भट्टबाट क्याच गराए । ईशान पनि अकोककै बलमा १६ रनमा क्याच आउट भए ,। उनले १२ बलमा ३ चौका प्रहार गरे । दानुफोन ३३ बलमा ३ चौकासहित १२ रनमा आउट भए । त्यसपछि सन्तोष यादवले तीन विकेट लिँदै दयनीय अवस्थामा पुर्याएका छन् ।
त्यसअघि मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ६९ रन बनाएको थियो । नेपालका निरज कुमार यादवले ४३ बलमा ७ चौका र ६ छक्कासहित ७४ रनमा आउट भए । नरेन भट्ट ४३ बलमा ५ चौकासहित ५५ रनमा नटआउट रहे ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]