default_image

1 year ago

July 4, 2023

जीवनदानको फाइदा उठाउँदै टेक्टरको नेपालविरुद्ध अर्धशतक

152 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्डका युवा ब्याटर ह्यारी टेक्टरले नेपालले दिएको जीवनदानको फाइदा उठाउँदै आइसिसी विश्वकप छनोटको प्लेअफ खेलमा अर्धशतक प्रहार गरेका छन् ।

जितको लागि २ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले २१ ओभरमा ३ विकेट गुमाउँदै १ सय ६ रन बनाएको छ । ह्यारी टेक्टर ६२ बलमा ४ चौका र २ छक्कासहित ५० रनमा क्रिजमा छन् । उनलाई लोर्कान टकरले १३ रनमा साथ दिएका छन् ।

टेक्टरले अर्धशतक प्रहार गर्नुअघि नेपालबाट महत्वपूर्ण जीवनदान पाएका थिए । स्पिनर सन्दीप लामिछानेको १५ औं ओभरको तेस्रो बलमा ह्यारी टेक्टरको क्याच किशोर महतोले लङअनमा ब्यक्तिगत २१ रनमा छाड्न पुगेका थिए ।

त्यसअघि नेपालले पावर प्लेमा एक विकेट लिएको थियो । तीव्र गतिका बलर करण केसीले पाँचौं ओभरको पाँचौं बलमा ओपनर एन्डी म्याकब्रिनलाई १७ रनमा प्वाइन्टमा कुशल भुर्तेलबाट क्याच आउट भए ।

उनले १९ बलमा ३ चौका प्रहार गरे । अर्को ओभरमा किशोर महतोले कप्तान एन्डी बालबर्नीलाई प्वाइन्टमै एक रनमा दीपेन्द्रबाट क्याच गराएपछि राम्रो सुरुवात गरेको हो । आफ्नो ओडिआई करिअरको दोस्रो खेल खेलेका किशोरको यो पहिलो विकेट हो ।

गुलशनले १२ औं ओभरको अन्तिम बलमा ओपनर पल स्टरलिङलाई १५ रनमा बोल्ड आउट गरे । उनी एज लागेर बोल्ड हन पुगेका थिए । स्टरलिङले २४ बलमा २ चौका प्रहार गरे ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

Success

Thank you for your time.