default_image

2 years ago

July 5, 2023

हेल्प नेपालमा पाकिस्तानका तीन खेलाडी

594 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगका लागि पाकिस्तानका तीन खेलाडी भित्र्याउने भएको छ ।

गत सिजन लिगको उपविजेता बनेको हेल्प नेपालले यसपटक उपाधि जित्ने लक्ष्यसहित बलियो टोली निर्माण गरेको छ । लिबेरो दिपक थापाको कप्तानीमा घोषित टोलीको उपकप्तानमा सन्जु विक्रम शाह रहेका छन् । पाकिस्तानका एइमल खान, अदनान खान र माझर अली टोलीमा रहेका छन् ।

हेल्प नेपालले घरेलु भलिबलमा नाम चलेका अमृत केसी, सुरेन्द्र वाम, धिरज बस्नेत र सन्तोष महतालाई पनि टोलीमा समेटेको छ । यसबाहेक विष्णु बस्नेत, मनोज श्रेष्ठ र भरत कुमार विक पनि अन्तिम टोलीमा छन् ।

टोलीको प्रशिक्षकमा उत्सव खड्का नियमित छन् । सहायक प्रशिक्षकमा जितबहादुर केसी तथा व्यवस्थापकमा झम्क नारायण श्रेष्ठ रहेका छन् ।

प्रतियोगिता असार २३ देखि ३० गतेसम्म दशरथ रंगशालाको कभर्ड हलमा हुँदैछ । प्रतियोगिताको सम्पुर्ण खेल हाम्रो खेलकुदको मोबाइल एपमार्फत हेर्न सकिनेछ ।

लामो समयदेखि टोलीलाई मुख्य प्रयोजन गर्दै आएको टिप टपले यसपटक पनि टोलीलाई निरन्तर सहयोग गरेको छ । टिप टपले वार्षिक २५ लाखको प्रायोजन गरेको छ । यसबाहेक नेकेड एक्सप्रेसले टोलीको सम्पूर्ण खेल पोसाक प्रायोजन गरेको छ । संस्थाले सम्पूर्ण खेलाडी र अफिसियललाई ट्रयाकसुट र जर्सी उपलब्ध गराएको हो ।

हेल्प नेपाललाई होटेल मिस्टिक माउन्टेन, हार्भेस्ट मुन र देविवास सेभिङ एण्ड क्रेडिट को-ओपरेटिभले पनि नगद १-१ लाखको सहयोग गरेका छन् ।

क्लबले यस प्रतियोगिताका लागि झन्डै २० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । प्रायोजकबाट आएकोबाट अपुग रकम क्लबका सदस्यहरुबाट उठाइने महासचिव अरुण श्रेष्ठले जानकारी दिए ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.