default_image

2 years ago

July 7, 2023

उपाधि दावेदार पुलिसको टोली घोषणा

468 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगका लागि टोली घोषणा गरेको छ ।

पुलिसले राष्ट्रिय खेलाडीको बलियो उपस्थिति सहित अन्तिम टोली घोषणा गरेको हो । पुलिसलाई महिलातर्फ उपाधिको बलियो दावेदार मानिएको छ । गत संस्करण आर्मीले पुलिसको महिला टोलीलाई फाइनलमा हराएको थियो ।

पुलिसको पुरुष टोली भने हेल्प नेपालको आगमन र एपिएफको उदयले केहि छायाँमा पर्दै आएको छ । यसपटक टोली आफ्नो पुरानो छवी फर्काउन प्रयासरत हुनेछ । सेटर ईम रानाले राष्ट्रिय टोली छाडेपनि पुलिसको टोलीमा भने कप्तानी गर्दैछन् ।

प्रतियोगिता असार २३ देखि ३० गतेसम्म दशरथ रंगशालाको कभर्ड हलमा हुँदैछ । राउन्ड रोबिन लिगमा सबै टोलीले एक आपसमा खेलेपछि लिगको शीर्ष दुई टोलीले फाइनलमा उपाधिका लागि खेल्नेछन् । सम्पूर्ण खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदको मोबाइल एपमार्फत हेर्न सकिनेछ ।

प्रतियोगितामा क्लब च्याम्पियनसिपबाट छनोट भएका पुरुषतर्फ ७ टोली र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्दैछन् । पुरुषमा त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश, टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब, शैलुंग बाग ढुंगा स्पोर्ट्स क्लब र दावाली मिलन क्लब रहेका छन् ।

महिलातर्फ नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, गण्डकी प्रदेश र एभरेष्ट भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

पुरुष टोली :

द्वारिका थापा, अभिषेक थापा, सफल विक, रविन नगरकोटी, भिम बहादुर गाहा, विशाल विक, प्रज्वल मल्ल, रविन चन्द, इम बहादुर राना (कप्तान), सरोज चम्लागाई, कुल बहादुर थापा (हरी), तोरण बहादुर चन्द

अफिसियल : चन्द्र बहादुर कुँवर (प्रशिक्षक), लोकेन्द्र सिंह भाट (सहायक प्रशिक्षक), रुकेश तन्डुकार (व्यवस्थापक)

महिला टोली :

लक्ष्मी चन्द, यमुना रसाइली, मनिषा चौधरी, तिला चौधरी, पुनम चन्द, उषा भण्डारी, आशिका क्षेत्री, कोपिला राना, सरस्वती कट्टेल, कमला पुन, कामना विष्ट, शान्तिकाला तामाङ

अफिसियल : रुपेश कुमार विष्ट (प्रशिक्षक), कोपिला उप्रेती (सहायक प्रशिक्षक)

प्रतियोगिताको खेल हेर्न हाम्रो खेलकुदको मोबाइल एप डाउनलोड गर्नुहोला ।

यो पनि नछुटाउनुहोस : साविक विजेता आर्मीको टोली घोषणा

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.