2 years ago
July 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता त्रिभुवन आर्मी क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगका लागि टोली घोषणा गरेको छ ।

गत संस्करणमा महिला र पुरुष दुवैतर्फ च्याम्पियन बनेको आर्मीले यसपटक टोलीमा नयाँ खेलाडी पनि समावेश गरेको छ । राष्ट्रिय टोलीका खेलाडीले भरिपूर्ण आर्मीको महिला र पुरुष दुवै टोलीलाई यसपटक पनि उपाधिको दावेदारको रुपमा हेरिएको छ ।
आर्मीको पुरुष टोलीले गत संस्करणको फाइनलमा टिप टप हेल्प नेपाललाई हराउँदै उपाधि जितेको थियो । त्यस्तै महिलातर्फ पुलिसलाई सोझो सेटमा हराउँदै आर्मी नै च्याम्पियन बनेको थियो ।
प्रतियोगिता असार २३ देखि ३० गतेसम्म दशरथ रंगशालाको कभर्ड हलमा हुँदैछ । सम्पूर्ण खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदको मोबाइल एपमार्फत हेर्न सकिनेछ ।
प्रतियोगितामा क्लब च्याम्पियनसिपबाट छनोट भएका पुरुषतर्फ ७ टोली र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्दैछन् । पुरुषमा त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश, टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब, शैलुंग बाग ढुंगा स्पोर्ट्स क्लब र दावाली मिलन क्लब रहेका छन् ।
महिलातर्फ नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, गण्डकी प्रदेश र एभरेष्ट भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
पुरुष टोली :
इश्वर थापा (कप्तान), धनबहादुर भट्ट (उपकप्तान), दुर्गा प्रसाद महतो, हरिहजुर थापा, हरि अधिकारी, मानबहादुर श्रेष्ठ, राजेन्द्र विष्ट, दुर्गा बहादुर खड्का, शरण समरी क्षेत्री, हृदेयश प्रसाद चौधरी, धनपति कुँवर, मनिष मानन्धर
अफिसियल : जगत बहादुर सिंह (प्रशिक्षक), ज्ञानेश्वर अधिकारी (सहायक प्रशिक्षक), नरेन्द्र गिरि (व्यवस्थापक)
महिला टोली :
कृपा अधिकारी (कप्तान), जानकी भण्डारी (उपकप्तान), सुनिता खड्का, सरस्वती जैशी, संगम महतो, पुष्पा शाही, सफिया पुन, शान्ति थारु, सृष्टि खड्गी, वसन्ती साउद, भावना डाँगी, सुनिता राई
अफिसियल : लोकबहादुर बुढा (प्रशिक्षक), भरत भण्डारी (सहायक प्रशिक्षक), जितेन्द्र थापा (व्यवस्थापक)
यो पनि पढ्नुहोस : हेल्प नेपालमा पाकिस्तानका तीन खेलाडी
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]