2 years ago
July 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले युवा खेलाडीलाई प्राथमिकतामा राख्दै सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगका लागि टोली घोषणा गरेको छ ।

महिलातर्फ उपाधिको खडेरी लागिरहेको अवस्थामा एपिएफले केही युवा खेलाडी समेट्दै टोली घोषणा गरेको हो । चोटका कारण मिडल ब्लकर हिरा केसी यसपटक टोलीमा छैनन् । त्यस्तै युवा आरती सुवेदी पनि एपिएफको नामावलीमा छैनन् ।
पुरुषतर्फ युवा सेटर सुवास कुँवर टोलीमा आएका छन् । यसबाहेक राष्ट्रिय टोलीमा रहेका टेकराज अवस्थी, हेमन्त मल्ल र लोकेन्द्र गिरि पनि टोलीमा छन् ।
प्रतियोगिता असार २३ देखि ३० गतेसम्म दशरथ रंगशालाको कभर्ड हलमा हुँदैछ । राउन्ड रोबिन लिगमा सबै टोलीले एक आपसमा खेलेपछि लिगको शीर्ष दुई टोलीले फाइनलमा उपाधिका लागि खेल्नेछन् । सम्पूर्ण खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदको मोबाइल एपमार्फत हेर्न सकिनेछ ।

प्रतियोगितामा क्लब च्याम्पियनसिपबाट छनोट भएका पुरुषतर्फ ७ टोली र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्दैछन् । पुरुषमा त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश, टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब, शैलुंग बाग ढुंगा स्पोर्ट्स क्लब र दावाली मिलन क्लब रहेका छन् ।
महिलातर्फ नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, गण्डकी प्रदेश र एभरेष्ट भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा दुवैतर्फको विजेता टोलीले ६ लाख, दोस्रो हुनेले ३ लाख, तेस्रो हुनेले १ लाख ५० हजार र चौथो हुने टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीले समान ३५ हजार तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
पुरुष टोली :
महेन्द्र श्रेष्ठ (कप्तान), लोकेन्द्र गिरि, विनोद चन्द, बलिराम चौधरी, टेकराज अवस्थी, रमेश विक, सुनिल घर्तीमगर, हेमन्त मल्ल, विजय थापा, रुपेन्द्र नेपाली, सन्तोष थापा, सुवास कुँवर
अफिसियल : महेश प्रसाद चौधरी (प्रशिक्षक), पुष्प मल्ल (सहायक प्रशिक्षक), विजय केसी (व्यवस्थापक)
महिला टोली :
विनिता बुढाथोकी (कप्तान), रेश्मा भण्डारी, सरस्वती चौदहरी, उषा विष्ट, नेविका चौधरी, मनिषा तामाङ, निरुता ठगुन्ना, कविता भट्ट, पुजा चौधरी, रस्मिता दुरा, गरिमा बोहोरा, जसना महतो
अफिसियल : महेश चौधरी (प्रशिक्षक), सुरेश चौधरी (सहायक प्रशिक्षक), विजय केसी (व्यवस्थापक)
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]