default_image

2 years ago

July 8, 2023

गण्डकीमाथि पुलिसको रोमान्चक जित

553 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग प्रतियोगिता पहिलो खेलमा गण्डकी प्रदेशमाथि रोमान्चक जित हात पारेको छ । पुलिसले गण्डकीमाथि ३-२ को सेटमा जित हात पारेको हो । योसँगै पुलिसले लिगमा २ र गण्डकीले एक अंक जोडेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा पुलिसले २५-२१, २५-१६, १३-२५, २४-२६ र १५-१० को सेटमा जित हात पारेको हो ।

पहिलो सेट एक समय २१-२१ को बराबरीमा थियो । तर त्यो अवस्थाबाट पुलिसले लगातार चार अंकका साथ जितेको थियो । दोस्रो सेट गण्डकीको सम्झन लायक रहेन । सुरुवातनै १०-० को अवस्थामा थियो । पुलिसका खेलाडीले सर्भिस विगारेपछि पहिलो अंक पाएको थियो ।

तर तेस्रो सेटमा भने गण्डकीले फरक किसिमको प्रदर्शन गर्यो । तेस्रो सेटमा लगातार १० अंक जोडेपछि गण्डकी २०-९ को मजबुत अवस्थामा थियो । त्यसैले सहजै जित हात पार्यो ।

चौथो सेटमा भने गण्डकीले अविश्सनीय जित हात पार्यो । गण्डकी १९-२४ को खेल लगातार ७ अंक ल्याउँदै २६-२४ ले उल्टाएको थियो । उक्त अविश्वसनीय सेट जिताउन भारतीय जोजेबिनले लगातार ७ अंक जोडेका थिए । उनको शक्तिशाली सर्भिसको सहयोगमा उक्त खेल पल्टाएको थियो ।

निर्णायक खेलमा भने गण्डकीको प्रदर्शन राम्रो हुन सकेन । सुरुवातमै ८-३ ले पछि परेपछि जित कठिन बनेको थियो । गण्डकी पराजित भएपनि रविन केसी, हिमाल सुनारी, सुजन चोखाल र जोजेबिनको प्रदर्शन उत्कृष्ट रह्यो ।

तीन भारतीय खेलाडी सम्मिलित गण्डकीको टोलीमा सुरुमा भने तालमेलको कमी देखिएको थियो । पुलिसको जितमा रविन चन्द र विशाल विकले सानदार प्रदर्शन गरे । खेलको प्लेयर अफ द म्याच विशाल विक चुनिए ।

त्यसअघि आज भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले सैलुङ बागडुङ्गा स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्यो । आर्मीले सैलुङलाई २५-८, २५-१३ र २५-१७ ले पराजित गरेको हो ।

आजनै भएको महिलातर्फ पहिलो खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई २५–१०, २५–१०, २५–११ ले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । पुरुषतर्फ प्रतियोगितामा टिप टम हेल्प नेपाल स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश, दावली मिलन क्लब र सैलुङ बागढुङ्गा स्पोर्ट्स क्लब छन् ।

महिलातर्फ नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यू डायमण्ड स्पोर्ट्स क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश र एभरेष्ट भलिबल टेक्निकल सेन्टर छन् । महिला र पुरुष दुवैतर्फको शीर्ष दुई टोली फाइनल खेल्नेछन् । दिनको अन्तिम खेलमा आज दिउँसो २ बजे एपिएफ र दावालीबीच प्रतिस्पर्धा हुनेछ ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.