2 years ago
July 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग प्रतियोगिता पहिलो खेलमा गण्डकी प्रदेशमाथि रोमान्चक जित हात पारेको छ । पुलिसले गण्डकीमाथि ३-२ को सेटमा जित हात पारेको हो । योसँगै पुलिसले लिगमा २ र गण्डकीले एक अंक जोडेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा पुलिसले २५-२१, २५-१६, १३-२५, २४-२६ र १५-१० को सेटमा जित हात पारेको हो ।
पहिलो सेट एक समय २१-२१ को बराबरीमा थियो । तर त्यो अवस्थाबाट पुलिसले लगातार चार अंकका साथ जितेको थियो । दोस्रो सेट गण्डकीको सम्झन लायक रहेन । सुरुवातनै १०-० को अवस्थामा थियो । पुलिसका खेलाडीले सर्भिस विगारेपछि पहिलो अंक पाएको थियो ।
तर तेस्रो सेटमा भने गण्डकीले फरक किसिमको प्रदर्शन गर्यो । तेस्रो सेटमा लगातार १० अंक जोडेपछि गण्डकी २०-९ को मजबुत अवस्थामा थियो । त्यसैले सहजै जित हात पार्यो ।
चौथो सेटमा भने गण्डकीले अविश्सनीय जित हात पार्यो । गण्डकी १९-२४ को खेल लगातार ७ अंक ल्याउँदै २६-२४ ले उल्टाएको थियो । उक्त अविश्वसनीय सेट जिताउन भारतीय जोजेबिनले लगातार ७ अंक जोडेका थिए । उनको शक्तिशाली सर्भिसको सहयोगमा उक्त खेल पल्टाएको थियो ।
निर्णायक खेलमा भने गण्डकीको प्रदर्शन राम्रो हुन सकेन । सुरुवातमै ८-३ ले पछि परेपछि जित कठिन बनेको थियो । गण्डकी पराजित भएपनि रविन केसी, हिमाल सुनारी, सुजन चोखाल र जोजेबिनको प्रदर्शन उत्कृष्ट रह्यो ।

तीन भारतीय खेलाडी सम्मिलित गण्डकीको टोलीमा सुरुमा भने तालमेलको कमी देखिएको थियो । पुलिसको जितमा रविन चन्द र विशाल विकले सानदार प्रदर्शन गरे । खेलको प्लेयर अफ द म्याच विशाल विक चुनिए ।
त्यसअघि आज भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले सैलुङ बागडुङ्गा स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्यो । आर्मीले सैलुङलाई २५-८, २५-१३ र २५-१७ ले पराजित गरेको हो ।
आजनै भएको महिलातर्फ पहिलो खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई २५–१०, २५–१०, २५–११ ले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । पुरुषतर्फ प्रतियोगितामा टिप टम हेल्प नेपाल स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश, दावली मिलन क्लब र सैलुङ बागढुङ्गा स्पोर्ट्स क्लब छन् ।
महिलातर्फ नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यू डायमण्ड स्पोर्ट्स क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश र एभरेष्ट भलिबल टेक्निकल सेन्टर छन् । महिला र पुरुष दुवैतर्फको शीर्ष दुई टोली फाइनल खेल्नेछन् । दिनको अन्तिम खेलमा आज दिउँसो २ बजे एपिएफ र दावालीबीच प्रतिस्पर्धा हुनेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]