2 years ago
July 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको दाबेदार टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा सैलुङ बागढुङ्गालाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

हेल्प नेपालले सैलुङमाथि २५-१२, २५-१५ र २५-१९ को सहज जित हात पारेको हो । तीन पाकिस्तानी खेलाडी सम्मिलित हेल्प नेपालले खेलमा एकल प्रदर्शन गरेको । पाकिस्तान भलिबल टोलीका कप्तान अैमल खान र मजहर अलीको स्पाइक र सर्भिस सामु सैलुङका खेलाडी कमजोर देखिएका थिए ।
तेस्रो सेटमा भने सैलुङले खेलमा प्रतिस्पर्धा गरेको थियो । एक समय ११-११ को बराबरीबाट भने टिप टप हेल्प नेपालले सैलुङलाई पछि छाड्दै अघि बढेको थियो । सैलुङ पहिलो खेलमा आर्मीसँग ३-० को सेटमा पराजित भएको थियो ।
सैलुङले अव सोमबार नेपाल पुलिस क्लबसँग खेल्नेछ । त्यस्तै टिपटप हेल्प नेपालको भने यो पहिलो खेल हो । हेल्प नेपालले सोमबार दावाली मिलसँग खेल्नेछ ।
आज प्रतियोगितामा ६ खेल हुनछेन् । बिहान १० बजे आर्मी र दावाली मिलनबीच प्रतिस्पर्धा हुनेछ । दिउँसा १२ बजे गण्डकी र एपिएफ भिड्नेछन् ।
महिलातर्फ दिउँसो २ बजे एपिएफ र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो ४ बजे न्यु डायमन्ड र गण्डकीबीच प्रतिस्पर्धा हुनेछ । दिनको अन्तिम खेलमा ६ बजे पुलिस र एभरेष्टबीच प्रतिस्पर्धा हुनेछ ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]