2 years ago
April 30, 2024
हिमाल खरेल, बिर्तामोड
तत्कालीन राजेन्द्र राईको प्रदेश सरकारबाट पदमुक्त भएका कृष्ण बस्नेत (पर्शुराम) प्रदेश खेलकुद विकास बोर्ड कोशीको सदस्य सचिवमा पुनर्बहाली भएका छन् ।
बस्नेतलाई तत्कालीन भीम आचार्यको सरकारले २०७८ असोज २४ गते बोर्डको सदस्य सचिवमा नियुक्त गरेको थियो ।
उच्च अदालत विराटनगरले बस्नेतलाई पुनर्वहाली गर्न आदेश दिएसँगै उनी हालका सदस्य सचिव हंशराज वाग्ले भने पदमुक्त भएका छन् ।
उच्च अदालत विराटनगरका न्यायाधीश ममता खनाल र केशवप्रसाद बास्तोलाको संयुक्त इजलासले सोमबार बस्नेतलाई पुनर्बहाली गर्न आदेश दिएको हो ।
२०७८ चैत २१ गते बसेको तत्कालीन मन्त्रिपरिषद्को बैठकले बस्नेतलाई पदमुक्त गर्दै ओखलढुंगाका वाग्लेलाई सदस्य सचिवमा नियुक्त गरेको थियो ।
तत्कालीन सामाजिक विकासमन्त्री राजन राईले विराटनगरका बस्नेतलाई पदमुक्त गर्दै भलिबलका अन्तर्राष्ट्रिय पूर्वखेलाडी वाग्लेलाई सदस्य सचिवमा नियुक्त गरेका थिए ।
उक्त निर्णयविरुद्ध बस्नेतले उच्च अदालतमा अन्तरिम आदेशको मागसहित मुद्दा दायर गरेका थिए । त्यसबेला अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]