2 years ago
July 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ । आर्मीले दावाली मिलन क्लबलाई सोझो सेटमा पराजित गर्दै लिगमा शीर्ष स्थान कायम राखेको छ ।

राष्ट्रिय खेलकुद परिषद्(राखेप) को कभर्ड हलमा भएको खेलमा आर्मीले २५-१९, २५-११ र २५-२० को सोझो सेटमा हात पारेको हो । पहिलो सेटमा दुबै टोलीका खेलाडीले लगातार सर्भिसमा गल्ती गर्न पुगेका थिए । दोस्रो सेटमा भने आर्मीले सहज जित हात पार्यो ।
तेस्रो सेटमा भने दावालीले कडा प्रतिस्पर्धा गरेको थियो । ८-८ मा दावालीले बराबरी गरेको थियो । दावाली १३(१२ बाट अग्रता लिन थालेको थियो । त्यसपछि लगातार अग्रता लिँदा आर्मीले १९ मा गएर भेटाएको थियो ।
आर्मीले तेस्रो सेटमा आफ्ना प्रमुख खेलाडीलाई भने बेन्चमा राखेको थियो । २०-२० को बराबरी अवस्थाबाट आर्मीले लगातार अंक जोड्दै जित पक्का गरेको थियो ।
आर्मीले पहिलो खेलमा शैलुङ बागढुङ्गा स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । आर्मीले सोमबार गण्डकी प्रदेशसँग दिउँसो ४ बजे प्रतिस्पर्धा गर्नेछ । आज दिउँसो १२ बजे नेपाल एपिएफ क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ ।
आज नै भएको पहिलो खेलमा टिपटप हेल्प नेपालले सैलुङमाथि २५-१२, २५-१५ र २५-१९ को सहज जित हात पारेको हो । तीन पाकिस्तानी खेलाडी सम्मिलित हेल्प नेपालले खेलमा एकल प्रदर्शन गरेको । पाकिस्तान भलिबल टोलीका कप्तान अैमल खान र मजहर अलीको स्पाइक र सर्भिस सामु सैलुङका खेलाडी कमजोर देखिएका थिए ।
महिलातर्फ दिउँसो २ बजे एपिएफ र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो ४ बजे न्यु डायमन्ड र गण्डकीबीच प्रतिस्पर्धा हुनेछ । दिनको अन्तिम खेलमा ६ बजे पुलिस र एभरेष्टबीच प्रतिस्पर्धा हुनेछ ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]