2 years ago
July 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ । आर्मीले दावाली मिलन क्लबलाई सोझो सेटमा पराजित गर्दै लिगमा शीर्ष स्थान कायम राखेको छ ।

राष्ट्रिय खेलकुद परिषद्(राखेप) को कभर्ड हलमा भएको खेलमा आर्मीले २५-१९, २५-११ र २५-२० को सोझो सेटमा हात पारेको हो । पहिलो सेटमा दुबै टोलीका खेलाडीले लगातार सर्भिसमा गल्ती गर्न पुगेका थिए । दोस्रो सेटमा भने आर्मीले सहज जित हात पार्यो ।
तेस्रो सेटमा भने दावालीले कडा प्रतिस्पर्धा गरेको थियो । ८-८ मा दावालीले बराबरी गरेको थियो । दावाली १३(१२ बाट अग्रता लिन थालेको थियो । त्यसपछि लगातार अग्रता लिँदा आर्मीले १९ मा गएर भेटाएको थियो ।
आर्मीले तेस्रो सेटमा आफ्ना प्रमुख खेलाडीलाई भने बेन्चमा राखेको थियो । २०-२० को बराबरी अवस्थाबाट आर्मीले लगातार अंक जोड्दै जित पक्का गरेको थियो ।
आर्मीले पहिलो खेलमा शैलुङ बागढुङ्गा स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । आर्मीले सोमबार गण्डकी प्रदेशसँग दिउँसो ४ बजे प्रतिस्पर्धा गर्नेछ । आज दिउँसो १२ बजे नेपाल एपिएफ क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ ।
आज नै भएको पहिलो खेलमा टिपटप हेल्प नेपालले सैलुङमाथि २५-१२, २५-१५ र २५-१९ को सहज जित हात पारेको हो । तीन पाकिस्तानी खेलाडी सम्मिलित हेल्प नेपालले खेलमा एकल प्रदर्शन गरेको । पाकिस्तान भलिबल टोलीका कप्तान अैमल खान र मजहर अलीको स्पाइक र सर्भिस सामु सैलुङका खेलाडी कमजोर देखिएका थिए ।
महिलातर्फ दिउँसो २ बजे एपिएफ र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो ४ बजे न्यु डायमन्ड र गण्डकीबीच प्रतिस्पर्धा हुनेछ । दिनको अन्तिम खेलमा ६ बजे पुलिस र एभरेष्टबीच प्रतिस्पर्धा हुनेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]