default_image

2 years ago

July 9, 2023

पुलिसको लगातार दोस्रो जित

408 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ । पुलिसले आइतबार एभरेष्ट भलिबल क्लबलाई ३(० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो ।

पुलिसले एभरेष्टमाथि २५-१७, २५-२२ र २५-६ को सोझो सेटमा पछि पारेको थियो । पहिलो सेट सहजै जितेको थियो । दोस्रो सेटमा पुलिस एक समय १५-६ को मजबुत अवस्थामा थियो । तर एभरेष्टले लगातार ६ अंक बटुल्दै एभरेष्ट १२-१५ को अवस्थामा पुगेको थियो । १२-१६ को अवस्थाबाट एभरेष्टले १५-१६ को अवस्था बनाएको थियो । १६-२० को अवस्थाबाट एभरेष्टले लगातार चार अंकका साथ २०-२० को अवस्थामा पुर्याएको थियो ।

उषा भण्डारीको स्पाइक बारिन पुगेपछि एभरेष्टले अग्रता लिँदै २१-२० को अवस्था बनाएको थियो । पुलिसले यस अवस्थामै दुबै टाइम आउट सकेको थियो । टाइम आउट पछि भने लगातार चार अंकका साथ जितको आधार तय गरेको थियो ।

तेस्रो सेटमा भने सुरुवाती समय पुलिस १२-० को अवस्थामा थियो । पुलिसले पहिलो खेलमा गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । पुलिसले सोमबार त्रिभुवन आर्मी क्लबसँग दिउँसो १२ बजे खेल्नेछ । एभरेष्टले विहान १० बजे न्यू डायमण्डसँग खेल्नेछ ।

पुरुषतर्फ प्रतियोगितामा टिप टम हेल्प नेपाल स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश, दावली मिलन क्लब र सैलुङ बागढुङ्गा स्पोर्ट्स क्लब छन् ।

महिलातर्फ नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यू डायमण्ड स्पोर्ट्स क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश र एभरेष्ट भलिबल टेक्निकल सेन्टर छन् । महिला र पुरुष दुवैतर्फको शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.