2 years ago
July 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ । पुलिसले आइतबार एभरेष्ट भलिबल क्लबलाई ३(० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो ।

पुलिसले एभरेष्टमाथि २५-१७, २५-२२ र २५-६ को सोझो सेटमा पछि पारेको थियो । पहिलो सेट सहजै जितेको थियो । दोस्रो सेटमा पुलिस एक समय १५-६ को मजबुत अवस्थामा थियो । तर एभरेष्टले लगातार ६ अंक बटुल्दै एभरेष्ट १२-१५ को अवस्थामा पुगेको थियो । १२-१६ को अवस्थाबाट एभरेष्टले १५-१६ को अवस्था बनाएको थियो । १६-२० को अवस्थाबाट एभरेष्टले लगातार चार अंकका साथ २०-२० को अवस्थामा पुर्याएको थियो ।
उषा भण्डारीको स्पाइक बारिन पुगेपछि एभरेष्टले अग्रता लिँदै २१-२० को अवस्था बनाएको थियो । पुलिसले यस अवस्थामै दुबै टाइम आउट सकेको थियो । टाइम आउट पछि भने लगातार चार अंकका साथ जितको आधार तय गरेको थियो ।
तेस्रो सेटमा भने सुरुवाती समय पुलिस १२-० को अवस्थामा थियो । पुलिसले पहिलो खेलमा गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । पुलिसले सोमबार त्रिभुवन आर्मी क्लबसँग दिउँसो १२ बजे खेल्नेछ । एभरेष्टले विहान १० बजे न्यू डायमण्डसँग खेल्नेछ ।
पुरुषतर्फ प्रतियोगितामा टिप टम हेल्प नेपाल स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश, दावली मिलन क्लब र सैलुङ बागढुङ्गा स्पोर्ट्स क्लब छन् ।
महिलातर्फ नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यू डायमण्ड स्पोर्ट्स क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश र एभरेष्ट भलिबल टेक्निकल सेन्टर छन् । महिला र पुरुष दुवैतर्फको शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]