default_image

2 years ago

July 10, 2023

लगातार तेस्रो जितसँगै पुलिसको फाइनल सम्भावना बलियो

456 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा लगातार तेस्रो जितका साथ फाइनल सम्भावना मजबुत बनाएको छ ।

पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार दिउँसो भएको खेलमा पुलिसले २५-१८, २५-१२ र २५-१८ को सहज जित हात पारेको हो । आर्मीले कुनैपनि सेटमा पुलिसलाई दबाबमा राख्न सकेन ।

पुलिसले पहिलो खेलमा गण्डकी प्रदेश र दोस्रो खेलमा एभरेष्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । त्यसअघि न्यू डायमण्डले एभरेष्टमाथि २५-१७, २५-१२ र २५-१२ को सहज जित हात पारेको हो ।

पुलिस ३ खेलमा ९ अंकका साथ शीर्षस्थानमा छ । न्यू डायमण्ड २ खेलमा ३ अंकका साथ दोस्रो स्थानमा छ । एपिएफ २ खेलमा ५ अंकका साथ तेस्रो स्थानमा छ ।

पुरुषतर्फ आजको खेलमा दिउँसो २ बजे हेल्प नेपाल र दावाली मिलन, दोस्रो खेलमा दिउँसो ४ बजे आर्मी र गण्डकी तथा दिनको अन्तिम खेलमा पुलिस र शैलुङ बागढुङ्गाबीच प्रतिस्पर्धा हुनेछ ।

पुरुषतर्फ प्रतियोगितामा टिप टम हेल्प नेपाल स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश, दावली मिलन क्लब र सैलुङ बागढुङ्गा स्पोर्ट्स क्लब छन् ।

महिलातर्फ नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यू डायमण्ड स्पोर्ट्स क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश र एभरेष्ट भलिबल ट्रेनिङ सेन्टर छन् । महिला र पुरुष दुवैतर्फको शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

Success

Thank you for your time.