2 years ago
July 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको दाबेदार टिप टप हेल्प नेपालले स्पोर्ट्स क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ । हेल्प नेपालले दावाली मिलन क्लबमाथि सोझो सोटमा जितका साथ महत्वपूर्ण ३ अंक तालिकामा जोडेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा हेल्प नेपालले दावाली मिलन क्लबमाथि २५-१७, २५-२२ र २५-२१ को सेटमा जित हात पारेको हो ।
एक समय ८-९ को अवस्थामा रहेको हेल्प नेपालले लगातार पाँच अंक बटुल्दै सहज जितको आधार तय गरेको थियो । तर दोस्रो सेटमा सुरुवाती समय दावाली मिलने अग्रता लिएको थियो । सुरुवातमा ९-७ को अग्रता लिएको दावालीले केहि समय दबाबमा राखेको थियो ।
१७-१७ को बराबरी अवस्थामा पुगेको खेलमा त्यसपछि हेल्प नेपाल अघि बढेको थियो । तेस्रो सेटको सुरुवाती समय पनि दावाली मिलनले नै अग्रता लिएको थियो । एक समय मिलन ९-६ ले अघि लिएको थियो । खेलमा उच्च प्रतिस्पर्धा रहँदा हेल्प नेपालले १२ अंकपछि अग्रता लिएको थियो ।
तर त्यो अग्रता धेरै समय टिक्न दिएन । लगातार उच्च प्रतिस्पर्धा भएको खेल १९-१९ को बराबरीमा थियो । दावाली २१-२२ ले पछि रहँदा लगातार तीन अंक जोड्दै हेल्प नेपालले जितको आधार तय गरेको थियो ।
दावाली पहिलो खेलमा एपिएफ र आर्मीसँग ३-० को सोझो सेटमा पराजित भएको थियो । टिपटप हेल्प नेपालले पहिलो खेलमा सैलुङ बागढुङ्गामाथि ३(० को सहज जित हात पारेको थियो । टिपटप हेल्प नेपालले मंगलबार गण्डकी प्रदेशसँग खेल्नेछ । दावालीले मंगलबार नेपाल पुलिस क्लबसँग खेल्नेछ ।
आज दिउँसो चार बजे गण्डकी प्रदेश र आर्मीबीच प्रतिस्पर्धा हुँदैछ । सुरुवाती दुई खेल हारेको गण्डकीलाई जित्नै पर्ने दबाब छ । आजको अन्तिम खेलमा नेपाल पुलिस र सैलुङबीच प्रतिस्पर्धा हुनेछ ।
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]