default_image

2 years ago

July 11, 2023

पुलिसको लगातार तेस्रो जित

313 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा लगातार तेस्रो जित हात पारेकोछ । पुलिसले दावाली मिलनमाथि ३-० को सोझो सेटमा जित निकाल्दै फाइनल सम्भावना बलियो बनाएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा पुलिसले २५-२१, २५-१९ र २५-१७ को सेटले विजयी भयो । लगातार चार हारसँगै दावाली मिलन क्लब प्रतियोगिताबाट औपचारिक रुपमा बाहिरिने पहिलो टोली बनेको छ । पुलिसविरुद्ध राम्रो प्रदर्शन गरेपनि कुनैपनि सेट जित्न सकेन ।

पुलिसले पहिलो खेलमा गण्डकी प्रदेशलाई ३–२ र सैलुङ बागढुङ्गालाई ३–० को सोझो सेटमा पराजित गरेको छ । उता दावाली मिलन एपिएफ, आर्मी र टिपटप हेल्प नेपालसँग समान ३–० को सोझो सेटमा पराजित भएको थियो ।

आजको दोस्रो खेलमा हेल्प नेपाल र गण्डकी प्रदेशबीच दिउँसो ३ बजे सुरु हुनेछ । अन्तिम खेल साँझ ६ बजे एपिएफ र सैलुङबीच प्रतिस्पर्धा हुनेछ । आर्मी ३ खेलमा ९ अंकका साथ शीर्षस्थानमा छ । नेपाल पुलिस क्लब ३ खेलमा ८ अंकका साथ दोस्रो स्थानमा छ ।

नेपाल एपिएफ क्लब २ खेलमा ६ अंकका साथ तेस्रो स्थानमा छ । टिपटप हेल्प नेपाल २ खेलमा ६ अंकका साथ चौथो स्थानमा छ । गण्डकी ३ खेलमा १ अंकका साथ पाँचौं स्थानमा छ । दावाली ४ र सैलुङ ३ खेलमा जित विहीन हुँदै छैटौं र सातौं स्थानमा छन् ।

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.