2 years ago
July 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगको प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको छ । उपाधि लक्ष्यसहित तीन भारतीय खेलाडीको साथ आएको गण्डकी टिप टप हेल्प नेपालसँग ३–० को सोझो सेटमा पराजित हुँदै फाइनल खेल्ने सम्भावना समाप्त गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा हेल्प नेपालले गण्डकीमाथि २५–२२, २५–१७ र २८–२६ को जित हात पार्यो । पहिलो सेटमा उत्कृष्ट प्रतिस्पर्धा गरेपनि गण्डकी जितसम्म पुग्न सकेन । एक समय १७–१७ बराबरीको अवस्थाबाट हेल्प नेपालले लगातार चार अंक बटुलेपछि जितको आधार तय गरेको थियो ।
दोस्रो सेटमा भने हेल्प नेपालले एकल प्रदर्शन गर्यो । सुरुवातनै हेल्प नेपालले ७–० को गरेको थियो । तेस्रो सेटमा प्रशिक्षक रमेश केसीले तीनै भारतीय खेलाडीलाई बेन्चमा राख्दै सबै आफ्नो टोली मैदान उतारेको थियो । भारतीय खेलाडी विनाको आफ्नै टोलीको गण्डकीले सानदार प्रदर्शन गर्यो ।
निकै कडा प्रतिस्पर्धा गर्दै खेललाई रोमान्चक बनायो । आफ्नै खेलाडी भएको गण्डकी उच्च प्रदर्शन गरेपनि जित निहाल्न सकेन । हेल्प नेपालको लागि पाकिस्तानका माजहर अलीको प्रदर्शन सानदार रह्यो । उनी सामु गण्डकीका खेलाडीको केहि लागेन ।

गण्डकी पहिलो खेलमा नेपाल पुलिस क्लबसँग ३–२, नेपाल एपिएफसँग ३–१ र आर्मीसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । गण्डकी ४ खेलमा १ अंकका साथ पाँचौं स्थानमा छ ।
गण्डकीले अव बिहीबार शैलुङ र शुक्रबार दावाली मिलनसँग खेल्नेछ । तर त्यो जित फाइनलमा पुग्न पर्याप्त हुनेछैन । ७ टोली सहभागी प्रतियोगिता शीर्ष दुई टोली फाइनल खेल्ने हुँदा गण्डकी दुई खेल अगावै लिगबाटै बाहिरिएको छ ।
यता हेल्प नेपालले फाइनल सम्भावना बलियो बनाए । हेल्प नेपाल ३ खेलमा ९ अंकका साथ दोस्रो स्थानमा छ । आर्मी ३ खेलमा ९ अंक भएपनि शीर्ष स्थानमा छ ।
हेल्प नेपालले यसअघि शैलुङ र दावालीमाथि सोझो सेटमा जित हात पारेको थियो । हेल्प नेपालले अव तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफसँग खेल्न बाँकी छ । बुधबार पुलिस, बिहीबार एपिएफ र शुक्रबार आर्मीसँग खेल्नेछ ।
नेपाल पुलिस क्लब ३ खेलमा ८ अंकका साथ तेस्रो स्थानमा छ । नेपाल एपिएफ क्लब २ खेलमा ६ अंकका साथ चौथो स्थानमा छ । चार खेल खेलेको दावाली र तीन खेल खेलेको सुलैङ बिहीन हुँदै छैटौं र सातौं स्थानमा छन् ।
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]