default_image

2 years ago

July 11, 2023

गण्डकीको फाइनल खेल्ने सम्भावना समाप्त

473 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगको प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको छ । उपाधि लक्ष्यसहित तीन भारतीय खेलाडीको साथ आएको गण्डकी टिप टप हेल्प नेपालसँग ३–० को सोझो सेटमा पराजित हुँदै फाइनल खेल्ने सम्भावना समाप्त गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा हेल्प नेपालले गण्डकीमाथि २५–२२, २५–१७ र २८–२६ को जित हात पार्यो । पहिलो सेटमा उत्कृष्ट प्रतिस्पर्धा गरेपनि गण्डकी जितसम्म पुग्न सकेन । एक समय १७–१७ बराबरीको अवस्थाबाट हेल्प नेपालले लगातार चार अंक बटुलेपछि जितको आधार तय गरेको थियो ।

दोस्रो सेटमा भने हेल्प नेपालले एकल प्रदर्शन गर्यो । सुरुवातनै हेल्प नेपालले ७–० को गरेको थियो । तेस्रो सेटमा प्रशिक्षक रमेश केसीले तीनै भारतीय खेलाडीलाई बेन्चमा राख्दै सबै आफ्नो टोली मैदान उतारेको थियो । भारतीय खेलाडी विनाको आफ्नै टोलीको गण्डकीले सानदार प्रदर्शन गर्यो ।

निकै कडा प्रतिस्पर्धा गर्दै खेललाई रोमान्चक बनायो । आफ्नै खेलाडी भएको गण्डकी उच्च प्रदर्शन गरेपनि जित निहाल्न सकेन । हेल्प नेपालको लागि पाकिस्तानका माजहर अलीको प्रदर्शन सानदार रह्यो । उनी सामु गण्डकीका खेलाडीको केहि लागेन ।

गण्डकी पहिलो खेलमा नेपाल पुलिस क्लबसँग ३–२, नेपाल एपिएफसँग ३–१ र आर्मीसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । गण्डकी ४ खेलमा १ अंकका साथ पाँचौं स्थानमा छ ।

गण्डकीले अव बिहीबार शैलुङ र शुक्रबार दावाली मिलनसँग खेल्नेछ । तर त्यो जित फाइनलमा पुग्न पर्याप्त हुनेछैन । ७ टोली सहभागी प्रतियोगिता शीर्ष दुई टोली फाइनल खेल्ने हुँदा गण्डकी दुई खेल अगावै लिगबाटै बाहिरिएको छ ।

यता हेल्प नेपालले फाइनल सम्भावना बलियो बनाए । हेल्प नेपाल ३ खेलमा ९ अंकका साथ दोस्रो स्थानमा छ । आर्मी ३ खेलमा ९ अंक भएपनि शीर्ष स्थानमा छ ।

हेल्प नेपालले यसअघि शैलुङ र दावालीमाथि सोझो सेटमा जित हात पारेको थियो । हेल्प नेपालले अव तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफसँग खेल्न बाँकी छ । बुधबार पुलिस, बिहीबार एपिएफ र शुक्रबार आर्मीसँग खेल्नेछ ।

नेपाल पुलिस क्लब ३ खेलमा ८ अंकका साथ तेस्रो स्थानमा छ । नेपाल एपिएफ क्लब २ खेलमा ६ अंकका साथ चौथो स्थानमा छ । चार खेल खेलेको दावाली र तीन खेल खेलेको सुलैङ बिहीन हुँदै छैटौं र सातौं स्थानमा छन् ।

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

Success

Thank you for your time.