2 years ago
July 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले सातौं प्रधानमन्त्री कप एनभिए वुमन्स तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा सैलुङ बागढुङ्गामाथि रोमान्चक जित हात पारेको छ । सैलुङलाई सोझो सेटमा हराउँदै एपिएफले लगातार तेस्रो जितको साथ फाइनल सम्भावना बलियो बनाएकोछ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा एपिएफले २६–२४, २५–१५ र २८–२६ को जित हात पारेको हो । पहिलो सेट जित हात पार्न एपिएफलाई निकै कठिन परेको थियो ।
सैलुङले ५–२ को अग्रता लिदै राम्रो सुरुवात गरेको थियो । उच्च प्रतिस्पर्धा भएो खेलमा १७–१७ बराबरी अवस्थाबाट एपिएफले लगातार दुई अंक जोडेको थियो । निकै रोमान्चक खेलमा एपिएफ २६ अंकमा पुगेर जित निकाल्न पुगेको थियो ।
दोस्रो सेटमा भने सैलुङले सुरुवाती समय अग्रता लिएको थियो । तर एपिएफले लगातार ९ अंक बटुलेपछि सहज जितको आधार तय गरेको थियो । तेस्रो सेटमा भने सुरुवातमा उच्च प्रतिस्पर्धा थियो । एक समय ८–८ को बराबरीमा थियो । एपिएफ एक समय २२–१६ को बलियो अवस्थामा थियो ।
तर उक्त अवस्थाबाट सैलुङले खेलमा नाटकीय रुपमा पूनरागमन गरेको थियो । एपिएफले आफ्नो पहिलो रोजाईका खेलाडीलाई त्यो समय विश्राम दिएको थियो । रोमन्चक खेलमा हेमन्त मल्लले सर्भिस विगारेपछि म्याच प्वाइन्टको अवसर गुमाएका थिए । लगत्तै निर्णायक समयमा नविन महतोले पनि सर्भिस बिगारेपछि एपिएफले जित निकालेको थियो ।
एपिएफले पहिलो खेलमा दावाली मिलनलाई ३–० र दोस्रो खेलमा गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गरेको थियो । एपिएफले बुधबार आर्मीसँग खेल्नेछ । उक्त खेल जितेमा फाइनल सम्भावना बलियो हुनेछ ।
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]