default_image

2 years ago

July 11, 2023

सैलुङमाथि एपिएफको रोमान्चक जित

413 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले सातौं प्रधानमन्त्री कप एनभिए वुमन्स तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा सैलुङ बागढुङ्गामाथि रोमान्चक जित हात पारेको छ । सैलुङलाई सोझो सेटमा हराउँदै एपिएफले लगातार तेस्रो जितको साथ फाइनल सम्भावना बलियो बनाएकोछ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा एपिएफले २६–२४, २५–१५ र २८–२६ को जित हात पारेको हो । पहिलो सेट जित हात पार्न एपिएफलाई निकै कठिन परेको थियो ।

सैलुङले ५–२ को अग्रता लिदै राम्रो सुरुवात गरेको थियो । उच्च प्रतिस्पर्धा भएो खेलमा १७–१७ बराबरी अवस्थाबाट एपिएफले लगातार दुई अंक जोडेको थियो । निकै रोमान्चक खेलमा एपिएफ २६ अंकमा पुगेर जित निकाल्न पुगेको थियो ।

दोस्रो सेटमा भने सैलुङले सुरुवाती समय अग्रता लिएको थियो । तर एपिएफले लगातार ९ अंक बटुलेपछि सहज जितको आधार तय गरेको थियो । तेस्रो सेटमा भने सुरुवातमा उच्च प्रतिस्पर्धा थियो । एक समय ८–८ को बराबरीमा थियो । एपिएफ एक समय २२–१६ को बलियो अवस्थामा थियो ।

तर उक्त अवस्थाबाट सैलुङले खेलमा नाटकीय रुपमा पूनरागमन गरेको थियो । एपिएफले आफ्नो पहिलो रोजाईका खेलाडीलाई त्यो समय विश्राम दिएको थियो । रोमन्चक खेलमा हेमन्त मल्लले सर्भिस विगारेपछि म्याच प्वाइन्टको अवसर गुमाएका थिए । लगत्तै निर्णायक समयमा नविन महतोले पनि सर्भिस बिगारेपछि एपिएफले जित निकालेको थियो ।

एपिएफले पहिलो खेलमा दावाली मिलनलाई ३–० र दोस्रो खेलमा गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गरेको थियो । एपिएफले बुधबार आर्मीसँग खेल्नेछ । उक्त खेल जितेमा फाइनल सम्भावना बलियो हुनेछ ।

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

Success

Thank you for your time.