default_image

2 years ago

July 13, 2023

‘समर्थक भगवान हुन्, हामीबाट भएको गल्तीको माफी माग्छौं’– दुर्गा

463 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका मिडिल ब्लकर दुर्गा खड्काले समर्थक भगवान् हुँदा आफूले गरेको गल्तीको माफी मागेका छन् । गण्डकी प्रदेशविरुद्ध विवादको गल्ती स्वीकार गर्दै दुर्गाले आफू र आर्मीको टोलीबाट माफी मागेका हुन् ।

बुधबार नेपाल एपिएफ क्लबललाई ३–२ को सेटमा पराजित गर्न प्लेयर अफ द म्याच चुनिएपछि बोल्नेक्रममा दुर्गाले खेलपछि उक्त प्रतिक्रिया दिएका हुन् । मंगलबार गण्डकी प्रदेशविरुद्ध खेलको क्रममा दर्शकले बोतल र अपशब्द बोलेपछि संयमित अपनाउन नसक्दा आर्मीका खेलाडी आक्रोशित बनेका थिए । स्पाइकर धनबहादुर भट्टले एक समर्थकलाई एक मुक्का प्रहार गरेका थिए ।

‘आज हामीले सोचे भन्दा फरक भयो । सुरुवात नै पहिला जतिको खेल्न सकिएन । हामी नर्भस भएको हो की विविध कारणले पनि हुनसक्छ । पहिलो सेटमा त्यस्तो भयो । दोस्रो सेटबाट हामी खुलेर खेल्यौं’, उनले भने ।

आमी पहिलो सेटमा एपिएफविरुद्ध मनोबल रुपमा पनि कमजोर देखिएको थियो । मानबहादुर श्रेष्ठ बाहेक अन्य खेलाडी खुलेर खेल्न सकेका थिएनन् ।

तर आर्मीले दोस्रो सेटमा सानदार पूनरागमन गर्दै २५-१६ को सहज जित निकालेको थियो । पहिलो सेट भने आर्मीले १८-२५ ले गुमाएको थियो । च्याम्पियन आर्मीबाट उक्त प्रदर्शनको अपेक्षा कमैले गरेका थिए । तर आफू किन च्याम्पियन बन्ने प्रमाणित गर्दै सानदार पूनरागमन गरेको थियो ।

दुर्गा गण्डकीविरुद्धको खेलबाट आत्मागलानी (पछुतो) लागेको बताए । ‘हामीलाई अस्तिको घटनाले आत्मागलानी भयो । हामीले त्यस्तो नगर्नु थियो । त्यसको लागि हामी माफी माग्छौं । दर्शकमानुभावहरु भगवान् हुन् । राष्ट्रिय टिममा परेका धेरै खेलाडी हुँदा पनि हामी त्यस्तो आवेशमा आउन नपर्नी हो । हामीबाट जे जस्तो गल्ती भयो त्यसलाई माफी माग्न चाहन्छौं, उनले भने ।

आर्मीले आफ्नो क्षमता अनुसारको खेल प्रदर्शन गर्न नसक्दा झण्डै एपिएफसँग स्तब्ध हुन परेको थियो । आर्मीले १८–२५, २५–१६, २४–२६, २८–२६ र १७–१५ ले जित्न सफल भएको हो । आर्मीले दोस्रो, चौथो र पाँचौं सेटमा जित निकालेको थियो । दुर्गा र मानबहादुरको प्रदर्शन उत्कृष्ट थियो ।

‘एपिएफ पनि विभागीय बलियो टोली हो । पहिला हामीलाई यहि कोर्टमा बेस्ट अफ फाइभमा एक पटक जितेको थियो । हामी कमजोर टिम त सोचेका थिएनौं । तर जित्छौं भन्ने आशा थियो’, दुर्गाले भने ।

आर्मीले अव आज नेपाल पुलिस क्लब र शुक्रबार हेल्प नेपालसँग खेल्नेछ । फाइनल खेल्न कम्तिमा एक खेल जित्नुपर्ने हुन्छ । एपिएफविरुद्ध जितले उत्साह थपेको बताए ।

‘यो जितले हामीलाई उत्साह थपेको छ । अंकमा पनि हामी माथि छौं । त्यो जितले उत्साह पूर्वक खेल्छौं र जित्छौं पनि’, उनले भने । उनले दर्शक भगवान् हुँदा पुन माफी माग्न चाहेको बताए । ‘अस्ति हामीबाट जे जस्तो गल्ती भयो त्यसको लागि म लगायत मेरो टिमबाट माफी माग्न चाहन्छु । दर्शक भगवान् हुनुन्छ’, दुर्गाले भने ।

आर्मी ४ खेलमा ११ अंकका साथ शीर्ष स्थानमा छ । हेल्प नेपाल पनि ४ खेलमा ११ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल एपिएफ क्लब ४ खेलमा ३ मा जित र १ मा हारसहित १० अंकका साथ तेस्रो स्थानमा छ ।

नेपाल पुलिस ४ खेलमा ३ मा जित र १ मा हारसहित ९ अंकका साथ चौथो स्थानमा छ । आर्मीले आज दिउँसो तीन बजे नेपाल पुलिस क्लबसँग खेल्नेछ । शुक्रबार दिउँसो ५ बजे टिप टप हेल्प नेपालसँग खेल्नेछ । राष्ट्रिय खेलाडीले भरिभराउ आर्मी उपाधिको प्रमुख दाबेदार टोली हो ।

यो पनि : खेलाडीले संयमता गुमाएर दर्शकलाई हातपात गरेपछि..

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.