default_image

2 years ago

July 13, 2023

एभरेष्टमाथि आर्मीको सहज जित

363 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल लिगमा एभरेष्ट क्लबमाथि सहज जित हात पारेको छ । आर्मीले एभरेष्टलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । फाइनल दौडबाट बाहिरि सकेको आर्मीलाई यो अंकले प्रतियोगितामा तेस्रो स्थानमा अन्त्य गर्ने सम्भावना कायमै राखेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा आर्मीले २५–१२, २५–१९ र २५–१९ ले पराजित गरेको हो । आर्मीसँग पराजित भएपनि एभरेष्टकी युवा खेलाडी निशा चौधरी प्लेयर अफ द म्याच चुनिन् ।

पहिलो सेटमा एभरेस्टले आर्मीविरुद्ध ४-० को सुरुवात गरेको थियो । तर आर्मीले लगातार ८ अंक जोडेपछि एभरेस्टले टाइम आउट लिन परेको थियो । लगातार १६ अंक गुमाएपछि एभरेस्टले पहिलो अंक बटुलेको थियो । आर्मीले २५–१२ को सहज जित हात पारेको थियो ।

दोस्रो सेटमा आर्मीले सहज जित हात पारेको थियो । तेस्रो सेटमा भने एभरेष्टले सुरुवात देखिनै राम्रो प्रतिस्पर्धा गरेको थियो । एक समय ८–८ को बराबर अवस्था थियो । तर त्यसपछि भने लगातार अंक गुमाउन पुग्यो ।

एभरेष्ट ५ खेलमा सबैमा हारका साथ पुछारमा रहेर बाहिरियो । आर्मी ४ खेलमा १ मा जित र ३ मा हारसहित ५ अंक्का साथ चौथो स्थानमा छ । त्यस्तै गण्डकी प्रदेश ४ खेलमा १ मा जित र ३ मा हारसहित ३ अंकका साथ पाँचौं स्थानमा छ ।

नेपाल पुलिस क्लब ४ खेलमा १२ अंकका साथ फाइनलमा पुगेको छ । अव न्यु डायमण्ड र नेपाल एपिएफ क्लब मध्य एक टोली फाइनलमा पुग्नेछन् । अव केहि समयमा एपिएफ र न्यु डायमण्डबीच प्रतिस्पर्धा हुँदैछ ।

न्यु डायमण्ड ३ खेलमा ८ अंकका साथ दोस्रो स्थानमा छ । एपिएफ ४ खेलमा ४ खेलमा ३ मा जित र १ मा हारसहित ८ अंक भएपनि तेस्रो स्थानमा छ ।

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

Success

Thank you for your time.