2 years ago
July 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल लिगमा एभरेष्ट क्लबमाथि सहज जित हात पारेको छ । आर्मीले एभरेष्टलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । फाइनल दौडबाट बाहिरि सकेको आर्मीलाई यो अंकले प्रतियोगितामा तेस्रो स्थानमा अन्त्य गर्ने सम्भावना कायमै राखेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा आर्मीले २५–१२, २५–१९ र २५–१९ ले पराजित गरेको हो । आर्मीसँग पराजित भएपनि एभरेष्टकी युवा खेलाडी निशा चौधरी प्लेयर अफ द म्याच चुनिन् ।
पहिलो सेटमा एभरेस्टले आर्मीविरुद्ध ४-० को सुरुवात गरेको थियो । तर आर्मीले लगातार ८ अंक जोडेपछि एभरेस्टले टाइम आउट लिन परेको थियो । लगातार १६ अंक गुमाएपछि एभरेस्टले पहिलो अंक बटुलेको थियो । आर्मीले २५–१२ को सहज जित हात पारेको थियो ।
दोस्रो सेटमा आर्मीले सहज जित हात पारेको थियो । तेस्रो सेटमा भने एभरेष्टले सुरुवात देखिनै राम्रो प्रतिस्पर्धा गरेको थियो । एक समय ८–८ को बराबर अवस्था थियो । तर त्यसपछि भने लगातार अंक गुमाउन पुग्यो ।
एभरेष्ट ५ खेलमा सबैमा हारका साथ पुछारमा रहेर बाहिरियो । आर्मी ४ खेलमा १ मा जित र ३ मा हारसहित ५ अंक्का साथ चौथो स्थानमा छ । त्यस्तै गण्डकी प्रदेश ४ खेलमा १ मा जित र ३ मा हारसहित ३ अंकका साथ पाँचौं स्थानमा छ ।
नेपाल पुलिस क्लब ४ खेलमा १२ अंकका साथ फाइनलमा पुगेको छ । अव न्यु डायमण्ड र नेपाल एपिएफ क्लब मध्य एक टोली फाइनलमा पुग्नेछन् । अव केहि समयमा एपिएफ र न्यु डायमण्डबीच प्रतिस्पर्धा हुँदैछ ।
न्यु डायमण्ड ३ खेलमा ८ अंकका साथ दोस्रो स्थानमा छ । एपिएफ ४ खेलमा ४ खेलमा ३ मा जित र १ मा हारसहित ८ अंक भएपनि तेस्रो स्थानमा छ ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]