2 years ago
July 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल लिगमा न्यू डायमण्ड स्पोर्ट्स एकेडेमीलाई सोझो सेटमा पराजित गर्दै फाइनल नजिक पुगेको छ ।

एपिएफले ३-० को सोझो सेटमा जितका साथ शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना बलियो बनाएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा एपिएफले २५-१६, २५-१८ र २५-१२
एपीएफले पहिलो सेटमा १०-४ को मजबुत सुरुवात गरेपछि न्यु डायमन्डले पहिलो टाइम आउट लिएको थियो । टाइम आउटपछी एपीएफको लगातार चार अंकको शिलशिला समाप्त भएको थियो । एपीएफ १२–६ को अवस्थामा थियो ।
न्यु डायमन्डले १५-१७ को अवस्थामा पुर्याएपनी कमजोर डिफेन्सको कारण पुन लगातार दुई अंक गुमाउन पुगेको थियो । पहिलो सेट एपिएफले २५-१९ को सहज जित हात पार्यो । दोस्रो सेटमा प्रतिस्पर्धात्मक सुरु गरेका थिए । ८-९ को अवस्थाबाट एपीएफले लगातार ६ अंक जोड्दै राम्रो अवस्थामा पुगेको थियो । १५-११ बाट लगातार ८ अंक जोडेपछि एपीएफले सहज जितको आधार तय गरेको थियो ।
पूर्ण रुपमा फिट नभएकी प्रतिभा माली दोस्रो सेटमा सुरुवातपछि कोर्टबाट फर्किएकी थिइन् । उनी त्यसपछि पुन कोर्टमा फर्किन सकिनन् ।
प्रतिभा नहुँदा न्यू डायमण्ड निकै कमजोर देखिएको थियो । तेस्रो सेट पनि एपिएफले सहज जित हात पार्यो ।
नेपाल एपिएफ क्लब ५ खेलमा ११ अंकका साथ दोस्रो स्थानमा छ । न्यु डायमण्ड ५ खेलमा ८ अंकका साथ तेस्रो स्थानमा छ । पुलिस ४ खेलमा १२ अंकका साथ फाइनल पुगि सकेको छ ।
अव न्यु डायमण्डले शुक्रबार नेपाल पुलिस क्लबसँग खेल्नेछ । उक्त खेलमा पुलिसलाई ३-० को सोझो सेटमा हराएमा न्यू डायमण्डको फाइनल सम्भावना रहन्छ । अन्यथा एपिएफ फाइनलमा पुग्ने देखिन्छ ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]