default_image

2 years ago

July 13, 2023

एपिएफमाथि हेल्प नेपालको नाटकीय जित

356 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टिपटप हेल्प नेपालले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा नेपाल एपिएफ क्लबमाथि ३–२ को नाटकीय जितका साथ फाइनल नजिक पुगेको छ । हारको मुखबाट नाटकीय पूनरागमन गर्दै हेल्प नेपालले फाइनल सम्भावना बलियो बनाएको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा हेल्प नेपालले २७–२५, २५–१७, २१–२५, २३–२५ र १६–१४ ले जित्दै फाइनलमा पुगेको हो । एपिएफ सुरुवाती दुई सेटमा पराजित हुन पुगेको थियो । तर त्यसपछि सानदार पुनरागमन गर्दै टेपटपलाई स्तब्ध नजिक पुर्याएको थियो ।

अन्तिम तथा निर्णायक सेटमा एपिएफ ८-३ को मजबुत अवस्थामा थियो । सहज जित निकाल्ने अनुमान गरिएको थियो । तर उक्त अवस्थाबाट हेल्प नेपालले सानदार पूनरागमन गरेको थियो । एपिएफ म्याच प्वाइन्टमा पुग्दा १४-११ को अवस्थामा थियो । उक्त अवस्थाबाट हेल्प नेपालले लगातार पाँच अंक जोड्दै जित हात पारेको हो ।

हेल्प नेपालले अन्तिम खेल शुक्रबार आर्मीसँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा शीर्ष स्थानमा रहँदै फाइनल खेल्नेछ । यदि पराजित हुँदा पनि फाइनल खेल्ने सम्भावना रहन्छ ।

तर नेपाल पुलिस र नेपाल एपिएफको नतिजामा भर पर्नेछ । केहि समयमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । यस खेलको विजेता फाइनलमा पुग्ने उच्च सम्भावना रहन्छ । शुक्रबार पुलिसले एपिएफसँग खेल्नेछ ।

हेल्प नेपाल ५ खेलमा १३ अंकका साथ शीर्षस्थानमा छ । आर्मी ४ खेलमा ११ अंकका साथ दोस्रो स्थानमा छ । आर्मी र हेल्प नेपाल दुबै अपराजित छन् । नेपाल एपिएफ क्लब ५ खेलमा ३ मा जित र २ मा हारका साथ ११ अंकका साथ तेस्रो स्थानमा छ । नेपाल पुलिस क्लब ४ खेलमा ३ मा जित र १ मा हारसहित ९ अंकका साथ चौथो स्थानमा छ ।

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

Success

Thank you for your time.