default_image

2 years ago

July 13, 2023

आर्मीमाथि पुलिसको सानदार जित

565 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा त्रिभुवन आर्मी क्लबमाथि सानदार जित हात पारेको छ । पुलिसले आर्मीलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा पुलिसले आर्मीलाई २५–२१,२८–२६ र २५–१५ को सानदार जित हात पारेको हो । पुलिसको सानदार सामु आर्मीको प्रदर्शन राम्रो हुन सकेन ।

आर्मीले शुक्रबार टिपटप हेल्प नेपालसँग खेल्नेछ । फाइनलमा पुग्न उक्त खेल जित्नुपर्ने दबाब छ । पुलिसले शुक्रबार नेपाल एपिएफ क्लबसँग खेल्नेछ । उक्त खेलमा पुलिस विजयी भएमा फाइनलमा पुग्ने देखिन्छ । पुलिसको जितमा सानदार प्रदर्शन गरेका विशाल विक खेलको प्लेयर अफ द म्याच चुनिए ।

हेल्प नेपाल ५ खेलमा १३ अंकका साथ शीर्षस्थानमा छ । नेपाल पुलिस क्लब ५ खेलमा ४ मा जित र १ मा हारसहित १२ अंकका साथ दोस्रो स्थानमा छ । आर्मी ५ खेलमा ४ मा जित र १ मा हारसहित ११ अंकका साथ तेस्रो स्थानमा छ ।

नेपाल एपिएफ क्लब ५ खेलमा ३ मा जित र २ मा हारका साथ ११ अंकका साथ चौथो स्थानमा छ । शुक्रबार टिपटप नेपाल र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । अर्को खेलमा एपिएफ र पुलिसबीच प्रतिस्पर्धा हुनेछ । यी दुई खेलले फाइनल समिकरण पूरा हुनेछ ।

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

Success

Thank you for your time.