2 years ago
July 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा त्रिभुवन आर्मी क्लबमाथि सानदार जित हात पारेको छ । पुलिसले आर्मीलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा पुलिसले आर्मीलाई २५–२१,२८–२६ र २५–१५ को सानदार जित हात पारेको हो । पुलिसको सानदार सामु आर्मीको प्रदर्शन राम्रो हुन सकेन ।

आर्मीले शुक्रबार टिपटप हेल्प नेपालसँग खेल्नेछ । फाइनलमा पुग्न उक्त खेल जित्नुपर्ने दबाब छ । पुलिसले शुक्रबार नेपाल एपिएफ क्लबसँग खेल्नेछ । उक्त खेलमा पुलिस विजयी भएमा फाइनलमा पुग्ने देखिन्छ । पुलिसको जितमा सानदार प्रदर्शन गरेका विशाल विक खेलको प्लेयर अफ द म्याच चुनिए ।
हेल्प नेपाल ५ खेलमा १३ अंकका साथ शीर्षस्थानमा छ । नेपाल पुलिस क्लब ५ खेलमा ४ मा जित र १ मा हारसहित १२ अंकका साथ दोस्रो स्थानमा छ । आर्मी ५ खेलमा ४ मा जित र १ मा हारसहित ११ अंकका साथ तेस्रो स्थानमा छ ।
नेपाल एपिएफ क्लब ५ खेलमा ३ मा जित र २ मा हारका साथ ११ अंकका साथ चौथो स्थानमा छ । शुक्रबार टिपटप नेपाल र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । अर्को खेलमा एपिएफ र पुलिसबीच प्रतिस्पर्धा हुनेछ । यी दुई खेलले फाइनल समिकरण पूरा हुनेछ ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]