default_image

2 years ago

July 13, 2023

गण्डकीको पहिलो जित

906 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल लिगमा पहिलो जित हात पारेको छ । गण्डकीले शैलुङ बागढुङ्गा स्पोर्ट्स क्लबलाई ३-२ को सेटमा पराजित गर्दै पहिलो जित हात पारेको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा गण्डकीले २५-१६, २५-१३, १९-२५, २०-२५ र १५-६ को सेटमा जित हात पारेको हो । गण्डकी यसअघि लगातार चार खेलमा पराजित हुँदै फाइनल दौडबाट बाहिरि सकेको छ । गण्डकीले शुक्रबार अन्तिम खेल दावाली मिलन क्लबसँग खेल्नेछ ।

गण्डकी फाइनलमा पुग्न नसकेपछि तीन भारतीय खेलाडी जोजेबिन, कन्चन नविन र थारुन गोडालाई बुधबार नै घर फर्काएको थियो । भारतीय खेलाडीलाई घर फर्काएपछि खेलेको खेलमा गण्डकीले पहिलो जित हात पारेको हो ।

शैलुङ ६ खेलमा ५ मा हार र १ मा जितसहित छैटौं स्थानमा रहेर बाहिरयो । गण्डकी ५ खेलमा १ मा जित र ४ मा हारसहित पाँचौं स्थानमा छ ।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

Success

Thank you for your time.