2 years ago
July 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सातौं प्रधानमन्त्री कप एनभिए राष्ट्रिय भलिबल लिगको महिलातर्फ फाइनलमा नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । न्यु डायमण्ड स्पोर्ट्स एकेडेमी पुलिससँग पराजित भएपछि एपिएफ फाइनलमा पुगेको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा पुलिसले न्यू डायमण्डलाई २५-२०, २५–१४ र २५-१७ ले पराजित गर्यो । प्रतिभा माली पूर्णरुपमा फिट नहुँदा न्यु डायमण्डले राम्रो गर्न सकेन । पुलिस ५ खेलमा १५ अंकका साथ शीर्ष स्थानमा रहँदै फाइनल खेलेको हो ।
नेपाल एपिएफ क्लब ५ खेलमा ४ मा जित र १ मा हारसहित ११ अंकका साथ दोस्रो स्थानमा रह्यो । न्यु डायमण्ड ५ खेलमा ३ मा जित र २ मा हारका साथ ८ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । आजनै भएको पहिलो खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै चौथो बन्यो ।
आर्मीले गण्डकीलाई २५-१८, २५-१२ र २५-१५ को सेटमा हराउँदै चौथो बन्यो । आर्मी ५ खेलमा २ मा जित र ३ मा हारका साथ ८ अंक जोड्दै चौथो स्थानमा रहेर बाहिरियो । गण्डकी ५ खेलमा १ मा जितका साथ पाँचौं र एभरेष्ट जित विहीन हुँदै बाहिरियो ।
फाइनल शनिबार हुनेछ । लिगमा पुलिसले एपिएफलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।
पुरुषतर्फ भने त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब र टिपटप हेल्प नेपाल मध्य दुई टोली फाइनल खेल्नेछन् । आज हेल्प नेपालले आर्मी तथा पुलिसले एपिएफसँग खेल्दैछ । यी दुई खेलको नजिता फाइनलमा पुग्न चारै टोलीको लागि निकै महत्वपूर्ण छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]