default_image

2 years ago

July 18, 2023

मानबहादुर राष्ट्रिय टोलीको नयाँ कप्तान

1227 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पाइकर मानबहादुर श्रेष्ठ नेपाली राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तान चुनिएका छन् । नेपाल भलिबल संघको सोमबार बसेको कार्यसमिति बैठकले मानबहादुरलाई कप्तानको जिम्मेवारी सुम्पने निर्णय गरेको हो ।

त्रिभुवन आर्मी क्लबबाट घरेलु भलिबल खेल्दै आएका मानबहादुर ८ वर्षदेखि राष्ट्रिय टोलीमा खेल्दै आएका छन् । २६ वर्षीय ओपन स्पाइकरले यसअघि राष्ट्रिय बीच भलिबल टोलीको कप्तानी गर्दै सफलता पनि दिलाएको अनुभव रहेको छ । उनले यसअघि आर्मीको कप्तानी पनि गरिसकेका छन् ।

गत साता त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच खेलमा भएको विवादमा मुछिएपछि संघले हरिहजुर थापालाई कप्तानबाट पदमुक्त गर्ने निर्णय लिएको थियो । शनिबार गरिएको उक्त निर्णयपछि सोमबार नै कार्यसमितिले नयाँ कप्तान चयन गरेको हो । नेपालले अब मानबहादुरकै कप्तानीमा एसियाली खेलकुदमा सहभागिता जनाउनेछ ।

मानबहादुरले कप्तानको जिम्मेवारी पाउँदा खुसी लागेको र जिम्मेवारी थपिएको महसुस गरेको बताए । ‘जिम्मेवारी थपिएको महसुस गरेको छु । एसियाली खेलकुदमा कप्तानी गर्ने जिम्मेवारी संघले दिएकोमा गौरव महसुस गरेको छु । अब आफ्नो अनुभव साटेर टोलीसँग रहेर खेल्नेछौं,’ उनले भने ।

नेपालको पुरुष टोलीले लगातार दोस्रो पटक एसियाली खेलकुद खेल्न लागेको हो । सन् २०१८ मा इन्डोनेसियामा खेल्दा पनि मानबहादुर टोलीका सदस्य थिए । नेपालले सेप्टेम्बरमा चीनमा हुने एसियाली खेलकुदका लागि अब तयारी थाल्नेछ । ‘गत संस्करण हामी १६ औं स्थानमा आएका थियौं । यसपटक अझ त्यसलाई सुधार गर्ने प्रयास गर्नेछौं । एसियाली खेलकुदको अनुभवले त्यसपछि आउने प्रतियोगितामा राम्रो प्रदर्शन गर्न सहयोग हुनेछ,’ श्रेष्ठले थपे ।

सन् २०१५ मा बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोनबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका मानबहादुर त्यसयता निरन्तर टोलीमा रहेका छन् । उनी सन् २०१७ मा नेपालले पहिलो अन्तर्राष्ट्रिय पदक जित्दा पनि टोलीका सदस्य थिए । त्यसबेला नेपालले माल्दिभ्समा सम्पन्न प्रतियोगितामा कास्य पदक जितेको थियो । सन् २०१९ मा नेपालमै सम्पन्न सेन्ट्रल जोनमा बाहेक उनी राष्ट्रिय टोलीबाट निरन्तर खेल्दै आएका छन् ।

मानबहादुर १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालको राष्ट्रिय बीच भलिबल टोलीका कप्तान थिए । उनले गत वर्ष बीच भलिबलकै कप्तानी गर्दै काभा बीच भलिबलमा नेपाललाई दोस्रो स्थान दिलाएका थिए ।

मानबहादुर राष्ट्रिय पुरुष भलिबल टोलीको ११ औं कप्तान बनेका छन् ।

भलिबलका कप्तानहरु

१. ऋषिराज आचार्य २०३३ (काइदे आजाम पाकिस्तान–१९७६)

२. दीपक सापकोटा २०३५ (आठौ एसियाली खेलकुद–थाइल्यान्ड)

३. महेन्द्रलाल श्रेष्ठ

४. राजेश मास्के

५. सुनिल चौधरी

६. विष्णु मास्के

७. भरत शाह (२०५२) (१९९९– ११औं साफ सम्म)

८. कैलाश दत्त भट्ट २०६७ देखि २०७१ सम्म)

९. इम बहादुर राना २०७२

१०. हरिहजुर थापा (२०८० जेठदेखि २०८० असार)

११. मान बहादुर श्रेष्ठ (२०८० साउनदेखि)

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.