2 years ago
July 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – स्पाइकर मानबहादुर श्रेष्ठ नेपाली राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तान चुनिएका छन् । नेपाल भलिबल संघको सोमबार बसेको कार्यसमिति बैठकले मानबहादुरलाई कप्तानको जिम्मेवारी सुम्पने निर्णय गरेको हो ।

त्रिभुवन आर्मी क्लबबाट घरेलु भलिबल खेल्दै आएका मानबहादुर ८ वर्षदेखि राष्ट्रिय टोलीमा खेल्दै आएका छन् । २६ वर्षीय ओपन स्पाइकरले यसअघि राष्ट्रिय बीच भलिबल टोलीको कप्तानी गर्दै सफलता पनि दिलाएको अनुभव रहेको छ । उनले यसअघि आर्मीको कप्तानी पनि गरिसकेका छन् ।
गत साता त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच खेलमा भएको विवादमा मुछिएपछि संघले हरिहजुर थापालाई कप्तानबाट पदमुक्त गर्ने निर्णय लिएको थियो । शनिबार गरिएको उक्त निर्णयपछि सोमबार नै कार्यसमितिले नयाँ कप्तान चयन गरेको हो । नेपालले अब मानबहादुरकै कप्तानीमा एसियाली खेलकुदमा सहभागिता जनाउनेछ ।
मानबहादुरले कप्तानको जिम्मेवारी पाउँदा खुसी लागेको र जिम्मेवारी थपिएको महसुस गरेको बताए । ‘जिम्मेवारी थपिएको महसुस गरेको छु । एसियाली खेलकुदमा कप्तानी गर्ने जिम्मेवारी संघले दिएकोमा गौरव महसुस गरेको छु । अब आफ्नो अनुभव साटेर टोलीसँग रहेर खेल्नेछौं,’ उनले भने ।

नेपालको पुरुष टोलीले लगातार दोस्रो पटक एसियाली खेलकुद खेल्न लागेको हो । सन् २०१८ मा इन्डोनेसियामा खेल्दा पनि मानबहादुर टोलीका सदस्य थिए । नेपालले सेप्टेम्बरमा चीनमा हुने एसियाली खेलकुदका लागि अब तयारी थाल्नेछ । ‘गत संस्करण हामी १६ औं स्थानमा आएका थियौं । यसपटक अझ त्यसलाई सुधार गर्ने प्रयास गर्नेछौं । एसियाली खेलकुदको अनुभवले त्यसपछि आउने प्रतियोगितामा राम्रो प्रदर्शन गर्न सहयोग हुनेछ,’ श्रेष्ठले थपे ।
सन् २०१५ मा बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोनबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका मानबहादुर त्यसयता निरन्तर टोलीमा रहेका छन् । उनी सन् २०१७ मा नेपालले पहिलो अन्तर्राष्ट्रिय पदक जित्दा पनि टोलीका सदस्य थिए । त्यसबेला नेपालले माल्दिभ्समा सम्पन्न प्रतियोगितामा कास्य पदक जितेको थियो । सन् २०१९ मा नेपालमै सम्पन्न सेन्ट्रल जोनमा बाहेक उनी राष्ट्रिय टोलीबाट निरन्तर खेल्दै आएका छन् ।
मानबहादुर १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालको राष्ट्रिय बीच भलिबल टोलीका कप्तान थिए । उनले गत वर्ष बीच भलिबलकै कप्तानी गर्दै काभा बीच भलिबलमा नेपाललाई दोस्रो स्थान दिलाएका थिए ।
मानबहादुर राष्ट्रिय पुरुष भलिबल टोलीको ११ औं कप्तान बनेका छन् ।
भलिबलका कप्तानहरु
१. ऋषिराज आचार्य २०३३ (काइदे आजाम पाकिस्तान–१९७६)
२. दीपक सापकोटा २०३५ (आठौ एसियाली खेलकुद–थाइल्यान्ड)
३. महेन्द्रलाल श्रेष्ठ
४. राजेश मास्के
५. सुनिल चौधरी
६. विष्णु मास्के
७. भरत शाह (२०५२) (१९९९– ११औं साफ सम्म)
८. कैलाश दत्त भट्ट २०६७ देखि २०७१ सम्म)
९. इम बहादुर राना २०७२
१०. हरिहजुर थापा (२०८० जेठदेखि २०८० असार)
११. मान बहादुर श्रेष्ठ (२०८० साउनदेखि)
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]