default_image

2 years ago

August 7, 2023

विश्वकप खेल्ने अष्ट्रेलियाको प्रारम्भिक टोली घोषणा

2523 views

0 Bookmark

एजेन्सी – उपाधिको दाबेदार अष्ट्रेलियाले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने १८ सदस्य प्रारम्भिक टोली घोषणा गरेको छ । अष्ट्रेलियाले दुई अनक्याप्ड खेलाडी तनवीर संघा र आरोन हार्डीलाई टोलीमा राखेको छ ।

२१ वर्षीय संघा लेगस्पिनर हुन् । उनले घरेलु क्रिकेटमा राम्रो प्रभाव जमाएका छन् । आरोन तीव्र गतिका बलिङ अलराउन्डर हुन् । मध्यक्रममा उत्कृष्ट ब्याटिङका लागि चिनिन्छन् । विश्वकपमा अष्ट्रेलियाले अलरान्डरलाई प्राथमिकतामा राखेको छ । विश्वकप भारतमा हुने हुँदा संघालाई प्रशिक्षणमा बोलाएको हो । घरेलुसँगै अष्ट्रेलिया एबाट सानदार प्रदर्शन गर्दै आएका हार्डीबाट ठूलो अपेक्षा राख्नेछ ।

सेप्टेम्बर ७ देखी १७ सम्म अष्ट्रेलियाले दक्षिण अफ्रिकामा गएर पाँच ओडिआई खेलको सिरिज खेल्नेछ । उक्त सिरिजपछि अष्ट्रेलियाले विश्वकप खेल्ने अन्तिम १५ सदस्य टोली घोषणा गर्ने सम्भावना छ । अष्ट्रेलियाले उक्त सिरिजको प्रदर्शनपछि टोलीमा अन्य खेलाडी थप्न पनि सक्नेछ । अष्ट्रेलियाको टोलीमा मार्नस लाबुसेन भने पर्न सकेनन् ।

अष्ट्रेलियामा मिचेल मार्श, ग्लेन म्याक्सवेल, आरोन हार्डी र क्यामरन ग्रीन जस्ता अलराउन्डर टोलीमा छन् । टि२० स्टार टिम डेविड भने विश्वकप टोलीमा छैनन् । अष्ट्रेलिया छैटौं पटक विश्वकप जित्ने सोचमा हुनेछ । अष्ट्रेलियाले यसअघि सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकप जितेको थियो ।

१९९९ देखी २००७ सम्म लगातार तीन पटक विश्वकप जितेको थियो । विश्वकपमा ह्याट्रिक गर्ने अष्ट्रेलिया एक्लो टोली हो । २०१९ को विश्वकपमा भने अष्ट्रेलिया इंग्ल्यान्डसँग सेमिफाइनलमा पराजित हुँदै बाहिरिएको थियो ।

विश्वकप अक्टोबर ५ देखी १९ नोभेम्बर सम्म भारतमा हुनेछ । विश्वकपमा भारत, पाकिस्तान, अष्ट्रेलिया, इंग्ल्यान्ड, न्युजिल्यान्ड, अफगानिस्तान, बंगलादेश, नेदरल्यान्ड्स, श्रीलंका र दक्षिण अफ्रिका छन् । विश्वकप लिगको आधारमा हुनेछ ।

सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष चार टोली सेमिफाइनल खेल्नेछ । अष्ट्रेलियाले पहिलो खेल ८ अक्टोबरमा चेन्नईमा भारतसँग खेल्दै सुरुवात गर्नेछ । दोस्रो खेल लखनऊमा दक्षिण अफ्रिकासँग १३ अक्टोबरमा खेल्नेछ ।

१६ अक्टोबरमा श्रीलंका, २० अक्टोबरमा पाकिस्तान, २५ अक्टोबरमा नेदरल्यान्ड्स, २८ अक्टोबरमा न्युजिल्यान्ड, ४ नोभेम्बरमा इंग्ल्यान्ड, ७ नोभेम्बरमा अफगानिस्तान र १२ नोभेम्बरमा बंगलादेशसँग खेल्नेछ ।

अष्ट्रेलियाको प्रारम्भिक विश्वकप टोली :

प्याट कमिन्स (कप्तान), शेन एबोट, एश्टन अगर, एलेक्स केरी, नाथन एलिस, क्यामरन ग्रीन, आरोन हार्डी, जोश हेजलवुड, ट्रविस हेड, जोश इंग्लिस, मिचेल मार्श, ग्लेन म्याक्सवेल, तनवीर संघा, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, डेविड वार्नर र एडम जाम्पा ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.