default_image

11 months ago

August 30, 2023

रिजवान पनि रन आउट

318 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिया कपमा घरेलु टोली पाकिस्तानका विकेटकिपर मोहम्मद रिजवानको विकेट रन आउटको रुपमा लिएको छ । मुल्तान रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले २४ ओभरमा ३ विकेट गुमाउँदै १ सय १२ रन बनाएको छ ।

बाबर आजम ६१ बलमा ४ चौकासहित ४३ रनमा क्रिजमा छन् । उनलाई अघा सलमानले साथ दिनेछन् । रिजवान २४ औं ओभरको चौथो बलमा ५० बलमा ६ चौकासहित ४४ रनमा रन आउट भए । दीपेन्द्रको डाइरेक्ट थ्रो बलमा रिजवान रन आउट हुन पुगे ।

तेस्रो विकेटका लागि रिजवान र बाबरले १ सय ६ बलमा ८६ रनको साझेदारी गरेका थिए । नेपाललाई पहिलो सफलता तीव्र गतिका बलर करण केसीले दिएका थिए । करणको छैटौं ओभरको तेस्रो बलमा ओपनर फखार जमान एज लागेर विकेटकिपर आसिफ शेखबाट १४ रनमा क्याच आउट भए ।

सातौं ओभरको पहिलो बलमा रोहित पौडेलले डाइरेक्ट थ्रोमा इमाम उल हकलाई ५ रनमा रन आउट गरेका थिए । त्यसअघि आरिफ शेखले पाँचौं ओभरको पाँचौं बलमा इमाम उल हकलाई ब्यक्तिगत पाँच रनमा जीवनदान दिएका थिए ।

July 16, 2024

पहिलो प्रि-सिजन खेलमा म्यानचेस्टर युनाइटेडको हार

एजेन्सी – २०२४/२४ फुटबल सिजन अघिको प्रि-सिजन अन्तर्गत पहिलो खेलमा इंग्लिश टोली म्यानचेस्टर युनाइटेड पराजित भएको छ । नर्वेमा भएको खेलमा म्यानचेस्टर युनाइटेड घरेलु टोली रोसेनबोर्ग विरुद्ध १-० ले पराजित भएको हो । सो गोल खेलको अन्तिम समयमा आएर थियो । नोआह होल्मले इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गर्दै रोसेनबोर्गलै जित दिलाए । युनाइटेडका लागि […]

July 15, 2024

७० नेपाली कराते खेलाडीले भुटानमा चुनौती पेश गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली कराते च्याम्पियनसिपको आठौं संस्करणमा सहभागी हुन नेपाली कराते टोली सोमबार भुटानको थिम्पु प्रस्थान गरेको छ । साउन २ देखि ४ गतेसम्म हुने प्रतियोगितामा ७० नेपाली कराते खेलाडीले चुनौती प्रस्तुत गर्ने नेपाल कराते महासंघले जनाएको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका पूर्व सदस्य–सचिव एवं कराते महासंघका […]

July 15, 2024

काभा नेसनल भलिबल लिगको हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोलीले भाग लिने काभा महिला भलिबल नेसनल लिगको हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने भएको छ। साउन १७ देखि २३ गतेसम्म नेपालमा हुने नेसनल लिगको प्रत्यक्ष प्रसारणका लागि सोमबार नेपाल भलिबल संघ र हाम्रो खेलकुदबीच सम्झौता भएको छ। संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्द र हाम्रो खेलकुदका सम्पादक‌ प्रकाश तिमल्सिनाले सम्झौता पत्रमा […]

Success

Thank you for your time.