default_image

4 weeks ago

August 31, 2023

सुरुवाती तीन बलमै नेपालको तीन विकेट गुम्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा घरेलु टोली मलेसियाविरुद्ध खराब सुरुवात गरेको छ । बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३ ओभरमा ११ रन बनाएको छ । नेपालकी सीता रानामगर र पुजा महतो समान ५ रनमा क्रिजमा छन् । नेपालले सुरुवाती तीन बलमै तीन […]

2308 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा घरेलु टोली मलेसियाविरुद्ध खराब सुरुवात गरेको छ । बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३ ओभरमा ११ रन बनाएको छ । नेपालकी सीता रानामगर र पुजा महतो समान ५ रनमा क्रिजमा छन् ।


नेपालले सुरुवाती तीन बलमै तीन प्रमुख ब्याटर गुमाएपछि खराब सुरुवात गर्न पुगेको थियो । ओपनर काजोल श्रेष्ठ ऐना हामिजाहको बलमा मास एलिसाबाट क्याच आउट भइन् । लगत्तै अर्को बलमा सम्झना खड्का बोल्ड आउट हुन पुगेकी थिइन् । तेस्रो बलमा इन्दु बर्मा रन आउट हुन पुगेकी थिइन् ।

प्रतियोगिता समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टि२० क्वालिफायर खेल्न पाउनेछन् ।

नेपालको प्लेइङ ११ :

रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, काजोल श्रेष्ठ, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल ।

September 25, 2023

जापानसँग नेपालको फराकिलो हार

वेन्झौ (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले १९ अ‍ौं एसियाली खेलकुद अन्तर्गत समूह चरणको दोस्रो खेलमा जापानसँग फराकिलो हार बेहोरेको छ । वेन्झौ अ‍ोलम्पिक रंगशालामा सुरुवाती मिनेटमै गोल खाएपछि दवाव खेपेको नेपाल ८-० ले पराजित भएको हो । पहिलो हाफमा ५-० को अग्रता लिएको जापानले दोस्रो हाफमा ३ गोल थप्यो । जापानको युवा […]

September 25, 2023

आशिष धनगढी एफसीको मार्की खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर आशिष चौधरी दास्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा साविक उपविजेता धनगढी एफसीमा मार्की खेलाडीको रुपमा अनुबन्ध भएका छन् । धनगढी एफसीका अध्यक्ष सुवास शाही र आशिषबीच मार्की खेलाडीको लागि सम्झौता भएको छ । ‘गो ड्रिमर्स’ को स्वामित्वमा रहेको धनगढीले पहिलो संस्करणका मार्की खेलाडी विशाल राईको महत्वपूर्ण […]

September 25, 2023

नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपालले साफ यू१९ च्याम्पियनसिपको सेमिफाइनलमा भारतसँग भिड्ने भएको छ । भारतले समूह बी को अन्तिम खेलमा भुटानलाई २-१ ले हराउँदै सेमिफाइनलमा नेपालसँगको भेट पक्का गरेको छ । भारत २ खेलमा अपराजित रहँदै ६ अंकका साथ शीर्ष स्थानम रहँदै समूह बी को विजेता बन्यो । भुटान २ खेलमा ३ अंकका […]

Success

Thank you for your time.