default_image

10 months ago

September 1, 2023

नेपालको बलिङमा उत्कृष्ट सुरुवात

1695 views

0 Bookmark

कााठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा बहराइनविरुद्ध उत्कृष्ट बलिङ सुरुवात गरेको छ । मलेसियाको क्वालालाम्पुरमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइनले ५ ओभरमा ३ विकेट गुमाउँदै ११ रन बनाएको छ ।

बहराइनकी इर्षा सुहुन र कप्तान दीपिका हेर्थ क्रिजमा छन् । नेपालकी तीव्र गतिकी बलर पुजा महतोले दोस्रो ओभरको पाँचौं बलमा रासिका रोर्डिगोलाई शून्यमा एलबीडब्लू आउट गरिन् ।

कविता कुँवरले इसुरु गजानायकेलाई ४ रनमा बोल्ड आउट गरिन् । अप्सरी बेगमले डाइरेक्ट थ्रोमा अबरा वार्सी अलीलाई शून्यमा रन आउट गरिन् । नेपालले आजको खेलमा टोलीमा कुनै परिवर्तन गरेको छैन । मलेसियासँगको खेलाडीलाई नै निरन्तरता दिएको छ ।

June 15, 2024

नेपाल पहिलो पटक दक्षिण अफ्रिकाको सामना गर्दै

किङ्स टाउन/सेन्ट भिन्सेन्ट (हाम्रो खेलकुद) – आइसिसी टि ट्वान्टी विश्वकपको समूह चरणको आफ्ना तेस्रो खेलमा नेपालले दक्षिण अफ्रिकाको सामना गर्दैछ । खेल स्थानीय समय अनुसार आज साँझ ७ः३० बजे (नेपाली समय अनुसार शनिबार बिहान ५ः१५ बजे) आर्नस भेल स्टेडियममा सुरु हुनेछ । दुई फरक परिस्थितिका साथ नेपालले सिनियर क्रिकेटमा पहिलो पटक दक्षिण अफ्रिकाको सामना गर्दैछ […]

June 14, 2024

अमेरिका विश्वकपको सुपर एटमा, पाकिस्तान बाहिरियो

एजेन्सी – अमेरिका आइसिसी टि-२० विश्वकपको सुपर एटमा प्रवेश गरेको छ । आफ्नो पहिलो सहभागितामा नै आयोजक अमेरिका समूह ए बाट भारत सँगै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो । अमेरिका र आयरल्यान्ड बीच फ्लोरिडामा हुनुपर्ने खेल वर्षाका कारण रद्द भएपछि अमेरिका दोस्रो चरणमा प्रवेश गर्ने पक्का भएको हो । उता दुवै टोलीले अंक […]

June 14, 2024

सुटिङकी सुष्मिताले पेरिस ओलम्पिक खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– सुटिङ खेलाडी सुष्मिता नेपालले पेरिस ओलम्पिक २०२४ मा भाग लिने निश्चित भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अनुसार पेरिस ओलम्पिकका लागि सुष्मिताको वाल्र्ड कार्डमार्फत खेल्ने भएकी हुन् । छनोट चरण पार गर्न नसक्ने देशका खेलाडीका लागि वाल्र्ड कार्डमार्फत सहभागी गराइन्छ । योसँगै यसपटक पेरिस ओलम्पिकमा भाग लिने नेपाली खेलाडीको संख्या […]

Success

Thank you for your time.