2 years ago
September 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला तथा पुरुष भलिबल खेलाडीले इतिहासमै पहिलो पटक मासिक तलब पाएका छन् । नेपाल भलिबल संघले काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै खेलाडीले मासिक तलब पाउने जानकारी दिएको छ ।

वर्तमान राष्ट्रिय टोलीमा भएका समान १२ जना महिला र पुरुष खेलाडीले मासिक पाँच हजारका दरले तलब पाएका छन् । अमेरिकामा रहेका पूर्व राष्ट्रिय खेलाडी राम श्रेष्ठको समन्यमा राष्ट्रिय खेलाडी र बिजनेश इन्टरप्रेनियरको सहयोगमा उक्त मासिक तलब दिने भएको हो ।
सेप्टेम्बर, अक्टोबर र नोभेम्बरको तबल संघको खातमा आई सकेको जानकारी दिएको छ । सबै खेलाडीलाई तीन महिनाको तलब कुल १५ हजार आजनै संघले प्रदान गरेको छ ।
पहिलो पटक तलब पाएपछि कप्तान अरुणा शाहीले भनिन्, ‘सर्वप्रथम खेलाडीहरुको हौसला बढाउन संघले जुन कार्य लिएको छ । हृद्धय देखी धन्यावाद भन्छु । म भलिबल खेल्न थालेको १४-१५ वर्ष भयो । यो संघले जस्तो काम गरेको हो । क्रिकेट र फुटबलमा उतैबाट डलर आउँछ । भलिबल संघले आफैं सहयोग जुटाएर म संघ र समन्वय गर्ने राम श्रेष्ठ दाईलाई धन्यावाद दिन चाहन्छु ।’

राष्ट्रिय पुरुष टोलीका कप्तान मानबहादुर श्रेष्ठले पहिलो पटक तलब पाएपछि भने, ‘म कप्तान हुँदा सुरुवात भएको छ । नवनिर्वाचित भबिलबल संघका जितेन्द्र चन्दको संघलाई म भुल्ने छैन । अमेरिकामा बस्ने पूर्व खेलाडीले हाम्रो मर्म बुझेर दिनु भएको छ । सबैलाई धन्यावाद ।’
नेपालको महिला र पुरुष भलिबल टोलीले आगमी महिना चीनमा हुने १९ औं एसियाली खेलकुद खेल्दैछन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पहलमा पहिलो पटक १९ औं एसियाली खेलकुद खेल्न लागेको हो ।
तीन महिनाको तलब पाउने खेलाडी
एसियाली खेलकुदका लागि नेपालको अन्तिम टोलीः
मानबहादुर श्रेष्ठ (कप्तान), रविन चन्द, विशाल विक, टेकराज अवस्थी, धिरज काजी बस्नेत, हेमन्त मल्ल, लोकेन्द्र गिरि, सम्राट भण्डारी, विनोद चन्द, दुर्गाबहादुर खड्का, सफल विक, मनिष मानन्धर
नेपालको एसियाली खेलकुद खेल्ने महिला भलिबल टोली :
अरुणा शाही (कप्तान), सरस्वती चौधरी, प्रतिभा माली, सलिना श्रेष्ठ, सफिया पुन, पुनम चन्द, उषा भण्डारी, कामना विष्ट, कविता भट्ट, जानकी भण्डारी, संगम महतो, निरुता ठगुन्ना
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]