default_image

2 weeks ago

September 10, 2023

वर्षाको कारण भारत र पाकिस्तानबीचको खेल रोकियो

एजेन्सी – एसिया कपको सुपर फोरमा वर्षाको कारण भारत र पाकिस्तानबीचको खेल रोकिएकोछ । कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले २४.१ ओभरमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको छ । कोलोम्बोमा कभरले पुरै ढाकिएको छ । वर्षा रोकिएपछि खेल सुरु हुनेछ । भारत र पाकिस्तानबीचको खेलमा रिजर्भ डे राखिएको छ । […]

1392 views

0 Bookmark

एजेन्सी – एसिया कपको सुपर फोरमा वर्षाको कारण भारत र पाकिस्तानबीचको खेल रोकिएकोछ । कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले २४.१ ओभरमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको छ ।

कोलोम्बोमा कभरले पुरै ढाकिएको छ । वर्षा रोकिएपछि खेल सुरु हुनेछ । भारत र पाकिस्तानबीचको खेलमा रिजर्भ डे राखिएको छ । त्यसैले यदि खेल आज पूरा हुन नपाएमा सोमबार हुनेछ । समूह चरणमा भारत र पाकिस्तानबीचको खेल रद्द भएको थियो । भारत पाकिस्तानसँग उक्त खेलमा २ सय ६६ रनमा अल आउट भएको थियो ।

पहिलो विकेटका लागि रोहित शर्मा र शुभमन गिलले १६.४ ओभरमा १ सय २१ रनको सानदार शतकीय साझेदारी गरेका थिए । रोहित शादब खानको बलमा फहिम अशरफबाट क्याच आउट हुन पुगे ।

रोहित शर्मा ४९ बलमा ६ चौका र ४ छक्कासहित ५६ रनमा आउट भए । गिल ५२ बलमा १० चौकासहित ५८ रनमा क्याच आउट भए । शाहिन शाह अफ्रिदीको बलमा एक्स्ट्रा कभरमा अघा सलमानबाट क्याच आउट भए ।

September 25, 2023

जापानसँग नेपालको फराकिलो हार

वेन्झौ (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले १९ अ‍ौं एसियाली खेलकुद अन्तर्गत समूह चरणको दोस्रो खेलमा जापानसँग फराकिलो हार बेहोरेको छ । वेन्झौ अ‍ोलम्पिक रंगशालामा सुरुवाती मिनेटमै गोल खाएपछि दवाव खेपेको नेपाल ८-० ले पराजित भएको हो । पहिलो हाफमा ५-० को अग्रता लिएको जापानले दोस्रो हाफमा ३ गोल थप्यो । जापानको युवा […]

September 25, 2023

आशिष धनगढी एफसीको मार्की खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर आशिष चौधरी दास्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा साविक उपविजेता धनगढी एफसीमा मार्की खेलाडीको रुपमा अनुबन्ध भएका छन् । धनगढी एफसीका अध्यक्ष सुवास शाही र आशिषबीच मार्की खेलाडीको लागि सम्झौता भएको छ । ‘गो ड्रिमर्स’ को स्वामित्वमा रहेको धनगढीले पहिलो संस्करणका मार्की खेलाडी विशाल राईको महत्वपूर्ण […]

September 25, 2023

नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपालले साफ यू१९ च्याम्पियनसिपको सेमिफाइनलमा भारतसँग भिड्ने भएको छ । भारतले समूह बी को अन्तिम खेलमा भुटानलाई २-१ ले हराउँदै सेमिफाइनलमा नेपालसँगको भेट पक्का गरेको छ । भारत २ खेलमा अपराजित रहँदै ६ अंकका साथ शीर्ष स्थानम रहँदै समूह बी को विजेता बन्यो । भुटान २ खेलमा ३ अंकका […]

Success

Thank you for your time.