2 years ago
September 22, 2023
हाङ्गचौ (हाम्रो खेलकुद) – १९ अौें एसियाली खेलकुद अन्तर्गत टेबल टेनिसको प्रारम्भिक चरणमा नेपालले पहिलो दिन महिला र पुरुष दुवैको टिम इभेन्टमा हार बेहोरेको छ ।

पुरुषतर्फ जापानसँग ३-१ ले हारेपनि १७ वर्षीय रुविन महर्जनले तोमोकाजु हारिमोटोविरुद्ध पहिलो सेट जित्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । जापानविरुद्ध नेपालका कुनैपनि खेलाडीले सेट जितेको यो पहिलो अवसर पनि हो ।
पहिलो सेट ११-६ ले जितेका रुविन त्यसपछि भने ११-२, ११-३ र ११-५ ले पराजित भए । संयोग कपालीले माहारु योशीमुरासँग ११-७, ११-३ र ११-७ को हार बेहोरे । विलोश श्रेष्ठले सुन्सुके तोगामीसँग ११-६, ११-३र ११-३ को पराजय भोगेपछि नेपालको हार पक्का भएको थियो ।

हान्झाउस्थित गोङ्सु क्यानल जिम्नेजियममा नेपालको महिला टोली सिंगापुरसँग ३-० ले पराजित भयो । पहिलो खेलमा नेपाल नम्बर १ नविता श्रेष्ठ जिंगी झोउसँग ११-४, ११-३ र ११-४ को अन्तरमा पराजित भइन् ।
दोस्रो खेलमा सिक्का सुवाल जियान जेंगसँग ११-१, ११-२ र ११-४ को हार बेहोर्न पुगिन् । तेस्रो खेलमा इभाना थापा मगर ११-३ , ११-७ र ११-४ ले पराजित भएपछि नेपालले खेल सुम्पिएको थियो ।
नेपालले अब समूह चरणमा शनिबार विहान महिलातर्फ भारत र पुरुषतर्फ उत्तर कोरियाको सामना गर्नेछ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]