2 years ago
October 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा युएईविरुद्ध तीन विकेट गुमाएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा जितको लागि १ सय ४१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले १० ओभरमा ३ विकेट गुमाउँदै ६३ रन बनाएको छ ।

नेपालका दीपेन्द्रसिंह ऐरी ७ र रोहित पौडेल ६ रनमा क्रिजमा छन् । ओपनर कुशल भुर्तेल १४ बलमा १ चौकासहित १४ रनमा आउट भए । स्पिनर निलान्श केश्वानीको बलमा कुशल अली नासिरबाट क्याच आउट भए ।
कुशल मल्ल ९ बलमा २ चौकासहित ११ रनमा रन आउट भए । एक रन लिन खोज्नेक्रममा उनी केहि अघि बढेपनि अलमलमा परेर पुन फर्किन खोज्दा रन आउट भएका थिए ।
अली नासिरको बलमा आसिफ शेख मोहम्मद वासिमबाट मिडअनमा २३ रनमा आउट भए । आसिफले २७ बलमा २ चौका र १ छक्का प्रहार गरे ।
त्यसअघि टस पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो । युएईका बासिल हामिदले ३८ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ५१ रन बनाए । त्यस्तै युवा अलराउन्डर अली नासिरले ३० बलमा ३ चौका र १ छक्कासहित ३२ रन बनाए ।
कमजोर सुरुवात गरेपनि पाँचौं विकेटका लागि बासिल हमिद र अली नासिरले ५६ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । नेपालका करण केसीले ४ ओभरमा १९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। गुलशन झाले ३ ओभरमा ११ रन खर्चेर २ विकेट लिएका थिए ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]