2 years ago
October 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा सिंगापुरविरुद्ध आक्रामक सुरुवात गरेको छ । जितको लागि १ सय ४६ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको नेपालले ४ ओभरमा ४३ रन बनाएको छ ।
नेपालका ओपनर कुशल भुर्तेलले १६ बलमा ३ चौका र २ छक्कासहित ३१ रनमा क्रिजमा छन् । आसिफ शेख ८ बलमा २ चौकासहित ८ रनमा क्रिजमा छन् ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो ।
सिंगापुरका युवा ओपनर रोहन रंगराजनले ३० बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाए । डेब्यू खेल खेलेका आर्यवीर चौधरीले २६ बलमा ५ चौकासहित ३७ रन बनाएका थिए ।
नेपालका गुलशन झा, सन्दीप लामिछाने र करण केसीले २-२ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा १ मेडनसहित ४४ रन खर्चेर ३ विकेट लिएका थिए ।
May 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ यु १९ च्याम्पियनसिपको सेमिफाइनल पुगिसकेको दुई टोलीबिचको प्रतिस्पर्धामा नेपाल भारतसँग ४-० गोल अन्तरले पराजित भएको छ। समूह चरणको अन्तिम खेलमा आज जित निकालेको भारत समूह विजेता बन्न सफल रह्यो। नेपालको हैसियत उप विजेताको रहेको छ। भारतको अरुणान्चलस्थित गोल्डेन जुबिली रंगशालामा खेलको २८ औं मिनेटमा रोहेन सिंहले गोल गरे। यो गोल भएको […]
May 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघको आयोजनामा अर्को महिना हुने नवौं पिएम कप एनभिए महिला पुरुष भलिबल लिगसँग शिवम् सिमेन्ट जोडिएको छ। लिगमा शिवम् सिमेन्ट ‘स्ट्रेन्थ पार्टनर’ रुपमा जोडिएको भलिबल संघले जनाएको छ। शिवम् सिमेन्टका सेल्स एण्ड मार्केटिङका भि.पि. निखिल अग्रवाल तथा भलिबल संघका महासचिव रोशन श्रेष्ठले मंगलवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता रकम खुलाइएको छैन। […]
May 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेड २ खेल अगाडि ‘ए’ डिभिजनमा उक्लन सफल भएको छ। बाँसबारी क्लबलाई २-० ले हराउँदै प्लानिङ ब्वाइज शीर्ष डिभिजनमा उक्लिएको हो। यो जितमा प्लानिङ ब्वाइजले ११ खेलबाट २७ अंक बनाएर २ खेल अगावै शीर्ष दुईमा रहने निश्चित भएको हो। एन्फा कम्प्लेक्समा भएको खेलमा प्लानिङ ब्वाइजलाई बाँसबारीले पहिलो हाफमा गोल गर्न […]