default_image

2 years ago

November 20, 2023

सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन एमेच्योर टासी छिरिङ शीर्षस्थानमा

185 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एमेच्योर गल्फर टासी छिरिङले सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन अग्रता लिएका छन् ।

टासी ७-अन्डर ६५ को सानदार प्रदर्शनसँगै शीर्षस्थानमा रहेका छन् । उनले राष्ट्रिय टिमका युवा एमेच्योर गल्फर सद्भाव आचार्यलाई एक स्ट्रोकले पछि पारे । गोकर्ण गल्फ क्लबमा ३३ प्रोफेसनल गल्फरलाई दुई एमेच्योर खेलाडीले पछि पारेका हुन् ।

टासी शीर्षस्थानमा रहँदा सद्भाव ६-अन्डर ६६ सहित दोस्रो स्थानमा रहेका छन् । धरानका प्रोफेसनल गल्फर निरज तामाङ ३-अन्डर ६९ सहित तेस्रो स्थानमा रहेका छन् । प्रोफेसनलतर्फ अगाडि रहेका नीरज लिडर एमेच्योर टासी भन्दा ४ स्ट्रोकले पछि रहेका छन् ।

२-अन्डर ७० सहित जयराम श्रेष्ठ चौंथो स्थानमा रहँदा १-अन्डर ७१ को नतिजामा तोरण विक्रम शाही पाँचौ स्थानमा छन्। इभन-पार ७२ को स्कोरमा दिनेश प्रजापति र प्रदीप कुमार लामाले संयुक्तरुपमा छैटौं स्थान बाँडे। यसैगरी तीन गल्फर पशुपति शर्मा, भुवन नगरकोटी र बलभद्र राई संयुक्तरुपमा आठौं स्थानमा छन। उनीहरूले १-ओभर ७३ को कार्ड बनाए।

शीर्षस्थानमा रहने क्रममा टासीले उत्कृष्ट सुरुवात गर्दै फ्रन्ट नाइन ७-अन्डर २९ मा पुरा गरे। यो क्रममा उनले दोस्रो, छैटौं, सातौं, आठौं र नवौं होलमा बर्डी प्रहार गरे। पाँच पारको तेस्रो होलमा भने इगलको सफलता प्राप्त गरे। यसपछि १३औं, १५औ, र १७औं होलमा एक-एक सट बचाएपनि १२औं, १७औं र १८औं होलमा बोगी खेप्दै ब्याक नाइन इभन-पार ३६ मा सकाए।

सदभावले फ्रन्ट र ब्याक नाइन दुवै ३-अन्डर ३३ मा पुरा गरे। दोस्रो होलमा बोगी खेपे पनि तेस्रो, चौथो, छैटौं र नवौं होलमा बर्डी प्रहार गरे। ११औ, १२औं, १४औं र १७औं होलमा एक-एक सट बचाए। १६औं होलमा बोगीको सामना गरे।

तेस्रो स्थानमा रहेका नीरजले फ्रन्ट नाइन १ अन्डर ३५ मा सकाउने क्रममा पहिलो र तेस्रो होलमा बर्डी हाने भने आठौं होलमा एक सट खेर फाले। उनले ब्याक नाइन २-अन्डर ३४ मा सकाए। यो क्रममा १०औं र १४औं होलमा बर्डी प्रहार गरे भने ११औं र १६औं होलमा बोगी खेप्दा १२औं होलमा इगलको सफलता प्राप्त गरे।

चौथो स्थानमा रहेका जयराम श्रेष्ठले फ्रन्ट नाइन ४-अन्डर ३२ मा पुरा गरे। उनले पाँचौं, सातौं, आठौं र नवौं होलमा बर्डी प्रहार गरे। यसपछि १७औं होलमा डबल बोगी खेप्दा २-ओभर ३८ मा सकाए।

७२ होलको चारदिने प्रतियोगितामा ३३ प्रोफेसनल र ५ एमेच्योर गरी कुल ३८ खेलाडीको सहभागिता रहेको छ। दोस्रो दिनको समाप्तीमा उत्कृष्ट २१ प्रोफेसनल गल्फर र ५ एमेच्योर खेलाडीले कट बनाउनेछन। कुल ८ लाख ४० हजार नगद पुरस्कार राशीको प्रतियोगिताको विजेताले १ लाख ४५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ९४ हजार र ७० हजार नगद पुरस्कार प्राप्त गर्नेछन। साथै कट बनाउने अन्य प्रोफेसनल गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.