default_image

1 week ago

November 21, 2023

यमनविरुद्ध अनन्तसहित ३ परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप छनोट २०२६ को दोस्रो चरण अन्तर्गत मंगलबार यमनको सामना गर्दैछ । दशरथ रंगशालामा साँझ ७ बजे सुरु हुने खेलका लागि प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले टोलीमा पछिल्लो खेलबाट ३ परिवर्तन गरेका छन् । चोटका कारण पछिल्लो खेल गुमाएका अनन्त तामाङ र दिनेश हेन्जनसँगै एरिक विष्ट सुरुवाती […]

3030 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप छनोट २०२६ को दोस्रो चरण अन्तर्गत मंगलबार यमनको सामना गर्दैछ ।

दशरथ रंगशालामा साँझ ७ बजे सुरु हुने खेलका लागि प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले टोलीमा पछिल्लो खेलबाट ३ परिवर्तन गरेका छन् । चोटका कारण पछिल्लो खेल गुमाएका अनन्त तामाङ र दिनेश हेन्जनसँगै एरिक विष्ट सुरुवाती रोजाइमा आएका छन् ।

पछिल्लो खेल सुरुवात गरेका छिरिङ गुरुङ र मनिष डाँगी बेन्चमा रहेका छन् । लाकेन लिम्बू भने चोटका कारण ३ साता मैदानबाहिर रहनेछन् ।

नेपालको लागि कप्तान किरण चेम्जोङ गोलरक्षक रहेका छन् । त्यस्तै रोहित चन्द, अनन्त तामाङ, सनिश श्रेष्ठ र आशिष चौधरी डिफेन्समा रहनेछन् । मिडफिल्डमा सेसेहाङ आङदेम्बे, उत्सव राई र एरिक विष्ट रहने आँकलन रहेको छ । आक्रमणमा जिलेस्पी जंग कार्कीलाई अन्जन विष्ट र दिनेश हेन्जनले साथ दिनेछन् ।

नेपालले पहिलो खेलमा यूएईसँग ४-० को हार बेहोरेको थियो । उक्त खेलमा ५ डिफेन्डर खेलाएको नेपालले अनन्तको पुनरागमनसँगै ४ डिफेन्सकै रणनीतिमा खेल्ने अनुमान रहेको छ ।

नेपाल विरुद्ध यमन : प्रत्यक्ष प्रसारण

November 28, 2023

एसिया कपका लागि यू-१९ टोलीमा गुलशनसहित तीन परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू-१९ एसिया कपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । एसीसी यू-१९ प्रिमियर कप विजेता टोलीबाट ३ खेलाडी परिवर्तन गर्दै प्रशिक्षक जगत टमाटाले टोली घोषणा गरेका हुन् । विश्वकप छनोट र प्रिमियर कप खेलेको टोलीबाट मिलन बोहरा, दीपक बोहोरा र दुर्गेश गुप्ता यसपटक […]

November 28, 2023

नामिबिया टि२० विश्वकपमा छनोट

एजेन्सी – घरेलु टोली नामिबियाले आइसिसी टि२० विश्वकप अफ्रिका छनोटमा तान्जानियालाई ५८ रनले हराउँदै विश्वकप २०२४ मा स्थान बनाएकोछ । लगातार पाँचौं जितका साथ तेस्रो पटक विश्वकपमा स्थान बनाएको हो । नामिबियाले यसअघि २०२१ र २०२२ को विश्वकप खेलेको थियो । जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको तान्जानिया २० ओभरमा ६ विकेट […]

November 28, 2023

हेटौंडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल हुने

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशको राजधानी हेटौंडामा हेटौँडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता २०८० आयोजना हुने भएको छ । मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा हुने प्रतियोगिता बुधबार सुरु भएर मंसिर १७ गतेसम्म चल्ने मकवानपुर बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र श्रीलंकाका गरी १ सय २० जना खेलाडीले सहभागिता […]

Success

Thank you for your time.