2 years ago
December 8, 2023
एजेन्सी – नेपालका प्रमुख ब्याटर गुलशन झा एसिसी यू१९ एसिया कपमा पाकिस्तानविरुद्ध आउट भएका छन् । दुबईमा रहेको आइसिसी एकेडेमी ओभल २ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १७.१ ओभरमा ५ विकेट गुमाउँदै ४७ रन बनाएको छ । नेपालका दीपेक कँडेल र उत्तमथापा मगर क्रिजमा छन् ।

गुलशन स्पिनर अली असफन्दको १७ औं ओभरको अन्तिम बलमा बोल्ड आउट भए । सिनियर टोलीबाट खेली सकेका गुलशनले ४ बल खेल्दा १ रन बनाए । गुलशन आउटसँगै नेपाल समस्यामा परेको छ । अघिल्लो ओभरमा नेपालले अर्का प्रमुख ब्याटर अर्जुन कुमाललाई गुमाएको थियो ।
अर्जुन कुमाल ३७ बलमा ३ चौकासहित २१ रनमा क्याच आउट भए । तीव्र गतिका बलर मोहम्मद जिशानको बलमा अर्जुन एज लागेर विकेटकिपर साद बेगबाट क्याच आउट भए । अग्ला कदका जिशानको बलमा अर्जुन आउट भएसँगै गुलशन झा ब्याटिङका लागि आएका थिए ।
नेपालले ओपनर विपिन रावललाई ७ रनमा गुमाएको थियो । तीव्र गतिका बलर आमिर हसनको तेस्रो ओभरको दोस्रो बलमा विपिन एज लागेर विकेटकिपर साद बेगबाट क्याच आउट भएका हुन् । अर्का तीव्र गतिका बलर उबेद शाहले आठौं ओभरको चौथो बलमा आकाश त्रिपाठीलाई ६ रनमा एलबीडब्लू आउट गरे ।
कप्तान देव खनाल १३ बल खेल्दा खाता खोल्न सकेनन् । मोहम्मद जिशानको १२ औं ओभरको पाँचौं बलमा ठूलो सर्ट खेल्ने धुनमा टप एज लागेर देव अली असफन्दबाट क्याच आउट भएका थिए ।
November 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उद्घाटनमा २ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीचको उद्घाटन खेल हुँदैछ। खेल दिउँसो ४ बजे सुरु हुनेछ। आज नेपाल प्रहरीका १ हजार ९ सय, सशस्त्र २ सय ५० र प्राइभेट स्क्युरिटी २ सय परिचालन गरिएको नेपाल क्रिकेट संघ […]
November 17, 2025
ललितपुर (हाम्रो खेलकुद)- धापाखेलस्थित जेम्स स्कुलमा रोटाकिड्स नेपालले रोटरी ई क्लब अफ डिस्ट्रिक्ट ३२९२, नेपाल र थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरको सहकार्यमा ‘सेल्फ–डिफेन्स कार्यशाला २०२५’ आयोजना गरेको छ। ८ देखि १४ वर्ष उमेरका करिब ५० बालबालिकालाई लक्षित कार्यशालामा व्यक्तिगत सुरक्षा, स्थितिजन्य सजगता र आधारभूत आत्म–रक्षा सीप सिकाइयो। बालबालिकाको आत्मविश्वास, सजगता र सुरक्षाबोध बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको […]
November 17, 2025
एजेन्सी – नर्वे फिफा विश्वकपका लागि छनोट भएको छ। नर्वेले २८ वर्षपछि विश्व कप खेल्ने भएको छ। एर्लिङ हालान्डले २ मिनेटको फरकमा २ गोल गरेपछि आइतवार इटालीलाई ४-१ ले हराउँदै नर्वेले विश्वकप स्थान पक्का गर्यो। नर्वेले बिहीवार एस्टोनियालाई हराएपछि विश्व कप छनोट लगभग पक्का गरेको थियो। इटालीले छनोट हुन नर्वेलालाई ९ गोलले जित्नुपर्ने बाध्यता थियो। […]