default_image

3 months ago

December 12, 2023

देव र गुलशन आउट भएसँगै नेपालको लज्जास्पद ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी यू१९ एसिया कपमा भारतविरुद्ध लज्जास्पद सुरुवात गरेको छ । आइसिसी एकेडेमी ओभल २ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १० ओभरमा २१ रन बनाउन ६ विकेट गुमाएको छ । नेपालका ओपनर दीपक बोहरा १ रनमा क्याच आउट भए । तीव्र गतिका बलर राज लिम्बानीको बलमा एज लागेर […]

1865 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी यू१९ एसिया कपमा भारतविरुद्ध लज्जास्पद सुरुवात गरेको छ । आइसिसी एकेडेमी ओभल २ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १० ओभरमा २१ रन बनाउन ६ विकेट गुमाएको छ ।

नेपालका ओपनर दीपक बोहरा १ रनमा क्याच आउट भए । तीव्र गतिका बलर राज लिम्बानीको बलमा एज लागेर क्याच आउट हुन पुगेका थिए । विकेटकिपर उत्तमथापा मगर राजकै बलमा शून्यमा बोल्ड भए । इनस्वींग बल चाल नपाउँदा उनी बोल्ड आउट भएका थिए ।

अफगानिस्तानविरुद्ध ९१ रन बनाएका युवा ब्याटर अर्जुन कुमाल ७ रनमा क्याच आउट भए । अर्जुन तीव्र गतिका बलर आराधाय शुक्लाको बलमा कभरमा सट खेल्ने धुनमा मुशिर अहमदबाट क्याच आउट भएका थिए ।

कप्तान देव खनाल नवौं ओभरमा २ रनमा क्याच आउट भए । राजको नवौं ओभरको पाँचौं बलमा देव एज लागेर विकेटकिपर अरवेली अवानिशबाट क्याच आउट भए । लगत्तै अर्को बलमा दीपक डुम्रे बोल्ड आउट हुँदै गोल्डेन डक पेभेलिएन फर्किएका छन् ।

शुक्लाको दशौं ओभरको पाँचौं बलमा गुलशन ४ रनमा एलबीडब्लू आउट भए । गुलशन आउट हुँदा नेपाल ९.५ ओभरमा २१-६ को दयनीय अवस्थामा पुगेको छ ।

February 28, 2024

प्रितीको विजयी गोल फिजियो नविनालाई समर्पण

काठमाडौं (हाम्रो खेलकुद) – स्टार मिडफिल्डर प्रिती राईले वाफ च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा गरेको विजयी गोल फिजियोथेरापिस्ट नविना श्रेष्ठ वैद्यलाई समर्पित गरेकी छिन् । लेवनानविरुद्ध दोस्रो हाफको इन्ज्युरी समयमा प्रितीले पेनाल्टी क्षेत्र बाहिरबाट सानदार गोल गर्दै नेपालको २-१ को जित पक्का गरेकी थिइन् । उनकै गोलमा नेपालले फाइनलमा स्थान बनाएको थियो । खेलपछि बोल्दै प्रितीले […]

February 28, 2024

साम्बाले फाइनल खेल्ने अन्यौलमा!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय टोलीले वाफ च्याम्पियनसिप २०२४ को फाइनलमा स्थान बनाउँदा स्टार फरवार्ड सावित्रा भण्डारी साम्बाले खेल्ने-नखेल्ने अन्यौल रहेको छ । नेपालले मंगलबार सम्पन्न सेमिफाइनलमा लेवनानलाई २-१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । उक्त खेलमा नेपालका लागि बराबरी गोल समेत गरेकी साम्बा फाइनलमा भने अनुपस्थित रहने सम्भावना छ । […]

February 28, 2024

अन्तिम समयमा प्रितीको गोलसँगै नेपाल फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – इन्ज्युरी समयमा प्रिती राईले उत्कृष्ट गोलसँगै नेपाल लेबनान विरुद्ध पुनरागमन जित दर्ता गर्दै पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ । साउदी अरेबियामा जारी प्रतियोगितामा मंगलबार पहिलो हाफमा १-० ले पछि परेको अवस्था उल्ट्याउँदै नेपालले प्रितीको गोलमा २-१ को नाटकीय जित दर्ता गरेको हो । खेल १-१ […]

Success

Thank you for your time.