default_image

2 years ago

January 5, 2024

३४ औं राष्ट्रिय भलिबलमा आर्मी र एपीएफको विजयी सुरुवात

2940 views

0 Bookmark

सुर्खेत (हाम्रो खेलकुद) – ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतिस्पर्धाको पहिलो दिन मधेश प्रदेश, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् ।

सुर्खेतको विरेन्द्रनगरमा सुरु भएको पहिलो खेलमा मधेशले सुदूरपश्चिम प्रदेशलाई ३–२ को सेटमा पराजित गर्यो । रोमान्चक खेलमा सुदुरले २–१ले पछि परेको अवस्थाबाट बराबरी गरेको थियो । निर्णायक सेट मधेशले १५–१३ ले जित्दै खेल जितेको थियो ।

दोस्रो खेलमा एपीएफले कोशीमाथि ३-० को सोझो सेटमा जित हात पार्यो । एपीएफले २५-२१, २५-१६ र २५-१७ ले हरायो । लुम्बिनीले बागमती प्रदेशलाई पानि ३-० को सोझो सेटमा हरायो । लुम्बिनीले २५-२०, २५-१३ र २५-११ ले जित हात पार्यो ।

दिनको अन्तिम खेलमा आर्मीले कर्णालीमाथि २५-१२, २५-७ र २५-१२ ले हरायो । नेपाल भलिबल संघको आयोजनामा उक्त प्रतियोगिता पुष २६ सम्म सुर्खेतमा चल्नेछ ।

पुलिस, एपीएफ, बागमती र कोशी छन् । समूह बी मा आर्मी, गण्डकी, कर्णाली, सुदूरपश्चिम र मधेश छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

Success

Thank you for your time.