default_image

2 years ago

January 6, 2024

लुम्बिनीलाई हराउँदै पुलिसको विजयी सुरुवात

1804 views

0 Bookmark

सुर्खेत ( हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले सुर्खेतमा जारी ३४ औं राष्ट्रिय भलिबल प्रतियोगितामा लुम्बिनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । शनिबार बिहान सुर्खेतको विरेन्द्रनगरमा भएको खुल्लामञ्चको कोर्ट सम्पन्न खेलमा पुलिसले २५-१४, २५-१७ र २५-२१ ले जित हात पार्यो ।

पहिलो सेटमा लुम्बिनी एक समय ५-६ को प्रतिस्पर्धात्मक अवस्थामा थियो । त्यसपछि पुलिसले पहिलो सेट २५-१४ ले सहज जित हात पारेको थियो ।

दोस्रो सेटको सुरुवाती समय लुम्बिनीले राम्रो अग्रता लिएपनि त्यसलाई निरन्तरता दिन भने सकेन । लुम्बिनी एक समय सुरुवाती चरणमा ८-३ को बलियो अग्रता लिएको थियो । जुन अवस्थामा पुलिसले टाइम आउट लिनु परेको थियो ।

उक्त टाइम आटपछि उत्कृष्ट पूनरागमन गर्दै ११-११ बराबरी गर्दै भेटाएको थियो । त्यसपछि पुलिसले २५-१७ ले सहज जित हात पारेको थियो ।

तेस्रो सेटमा लुम्बिनी एक समय १८-१२ ले पछि थियो । सेटमा राम्रो पूनरागमन गरेपनि जित हात पार्न सकेन ।
आजको दोस्रो खेलमा कर्णाली प्रदेश र मधेश प्रदेशबीच जारी छ ।

पहिलो खेलमा मधेशले सुदूरलाई हराएको थियो । कर्णालीले आर्मीसँग हारेको थियो । तेस्रो खेलमा आज कोशी र बागमतीबीच दिउँसो साढे १२ बजे खेल हुनेछ । दिनको अन्तिम खेल दिउँसो २ : ३० मा गण्डकी र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ ।

समूह ए मा पुलिस, एपीएफ, लुम्बिनी, बागमती र कोशी छन् । समूह बी मा आर्मी, गण्डकी, कर्णाली, सुदूरपश्चिम र मधेश छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । नेपाल भलिबल संघको आयोजनामा उक्त प्रतियोगिता पुष २६ सम्म सुर्खेतमा चल्नेछ ।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

Success

Thank you for your time.