2 years ago
January 6, 2024
सुर्खेत हाम्रो खेलकुद) – घरेलु टोली कर्णाली प्रदेशले सुर्खेतमा जारी ३४ औं राष्ट्रिय भलिबल प्रतियोगितामा मधेश प्रदेशलाई सोझो सेटमा पराजित गर्दै पहिलो जित हात पारेको छ ।

शनिबार बिहान सुर्खेतको विरेन्द्रनगरमा भएको खुल्लामञ्चको कोर्ट सम्पन्न खेलमा कर्णालीले मधेशलाई २५-२०, २५-२१ र २५-१७ ले जित हात पार्यो ।
पहिलो खेलमा कर्णाली आर्मीसँग ३(० को सोझो सेटमा पराजित भएको थियो । मधेशले सुदूरपश्चिम प्रदेशलाई ३-२ को सेटमा हराएको थियो । आजको पहिलो खेलमा नेपाल पुलिस क्लबले लुम्बिनीमाथि ३-० को सोझो सेटमा जित हात पार्यो ।
आजको तेस्रो खेलमा कोशी र बागमतीबीच दिउँसो साढे १२ बजे खेल हुनेछ । दिनको अन्तिम खेल दिउँसो २ : ३० मा गण्डकी र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ ।

समूह ए मा पुलिस, एपीएफ, लुम्बिनी, बागमती र कोशी छन् । समूह बी मा आर्मी, गण्डकी, कर्णाली, सुदूरपश्चिम र मधेश छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । नेपाल भलिबल संघको आयोजनामा उक्त प्रतियोगिता पुष २६ सम्म सुर्खेतमा चल्नेछ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]