2 years ago
January 9, 2024
सुर्खेत (हाम्रो खेलकुद)- साविक विजेता एपिएफ र त्रिभुवन आर्मी क्लब सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामामा आ आफ्नो समूहको विजेता बनेका छन् ।

वीरेन्द्रनगरको खुलामञ्चको कोर्टमा मंगलबार समूह ‘ए’ मा एपिएफले बागमती प्रदेशलाई र समूह ‘बी’ आर्मीले मधेशलाई समान ३-० ले हराउँदै आफ्नो समूहका विजेता हुन् । प्रतियोगिताका अपराजित यी दुई टोली सोमबार नै सेमिफाइनल पुगिसकेका थिए।
दिनको पहिलो खेलमा एपिएफले बागमतीलाई २५-७,२५-१८ र २५-१३ ले हराएको थियो। दिनको दोस्रो खेलमा आर्मीले मधेशलाई २५-२०, २५-१९ र २५-१४ ले पराजित गरेको थियो। एपिएफ र आर्मी दुबै टोली आजको खेलमा आफ्नो पहिलो रोजाइका खेलाडीलाई आराम दिएको थियो।

लिगका सबै ४ खेल हार्नेमा बागमती एक्लो टोली रह्यो । एपिएफ, नेपाल पुलिस क्लब, कोशी प्रदेश र लुम्बिनी प्रदेश कुनै पनि टोली विरुद्ध बागमतीले एक सेट पनि जित्न सकेन । समूह ‘ए’ मा पुलिस अन्तिम खेल अघि नै सेमिफाइनल पुगेको छ । पुलिसले आज हुने तेस्रो खेलमा कोशीको सामना गर्ने छ।
समूह ‘बी’ बाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको निर्णय आज हुने गण्डकी प्रदेश र घरेलु टोली कर्णालीको खेलपछि टुंगो लाग्ने छ। यसअघि ३ खेलमा गण्डकीले २ खेल र कर्णालीले १ खेल जितेको थियो। कर्णालीले सोझो सेटले जित्ने बाहेक सबै खाले नतिजाले गण्डकी सेमिफाइनल पुग्नेछ।
नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल पुस २६ गते हुनेछ ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]