default_image

1 year ago

January 15, 2024

पुलिसमाथि एपिएफको रोमान्चक जित

3525 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबको महिला टोलीले चौथो टाइगर कपको पहिलो खेलमा नेपाल पुलिस क्लबमाथि रोमान्चक जित दर्ता गरेको छ ।

सुरुवाती दुई सेटमा जितेर बलियो स्थितिमा पुगेको एपिएफले त्यसपछि लगातार दुई सेट गुमाउँदा खेल पाँचौ सेटमा पुगेको थियो । तर पाँचौ सेटमा १५-१३ को अन्तरमा जित हासिल गर्दै एपिएफले २ अंक जोडेको छ । पराजित पुलिसले १ अंक प्राप्त गर्यो ।

पहिलो सेट एपिएफले २५-१८ ले जितेको थियो । एपिएफले २५-१८ कै अन्तरमा दोस्रो सेट पनि आफ्नो पक्षमा पार्यो ।

तेस्रो सेटमा भने पुलिसले सुरुवातदेखि अग्रता लिँदै २५-१९ को जितका साथ खेलमा फर्कियो । चौथो सेटमा पनि पुलिसले तेस्रो सेटको लयलाई कायम राख्दै २५-१८ को जित हासिल गर्यो ।

सोमबार हुने दोस्रो खेलमा महिलातर्फ नै आर्मी र न्यु डायमण्ड आमने सामने हुनेछन् । पुरुषतर्फ दिउँसो १२:३० बजे एपिएफ र पुलिस खेल्दा अन्तिम खेलमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

महिलातर्फ समूह एमा एपिएफ र पुलिसका साथ घरेलु टोली गण्डकी प्रदेश तथा समूह बी मा त्रिभुवन आर्मी क्लब, चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिम र भारतीय हरियाणा टिम छन् ।

पुरुषतर्फ सविक विजेता घरेलु टोली गण्डकी, पूर्व विजेता आर्मी र हेल्प नेपाल स्पोर्टस क्लब समूह ए तथा एपिएफ, पुलिस र श्रीलंका आर्मी टिम समूह बी मा छन् ।

समूह विजेता र उपविजेताले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् । लिग कम नकआउट र सेमिफाइनलमा हरेक दिन ४-४ खेल हुनेछन् । तेस्रो स्थान र फाइनलको दिन भने २-२ खेल हुनेछ ।

महिला र पुरुष दुवै तर्फको विजेता टोलीले समान ५ लाख ५५ हजार ५ सय ५५, दोस्रो हुनेले २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

May 13, 2025

नेपाल भारतसँग पराजित, बंगलादेशसँग सेमिफाइनलमा खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- साफ यु १९ च्याम्पियनसिपको सेमिफाइनल पुगिसकेको दुई टोलीबिचको प्रतिस्पर्धामा नेपाल भारतसँग ४-० गोल अन्तरले पराजित भएको छ। समूह चरणको अन्तिम खेलमा आज जित निकालेको भारत समूह विजेता बन्न सफल रह्यो। नेपालको हैसियत उप विजेताको रहेको छ। भारतको अरुणान्चलस्थित गोल्डेन जुबिली रंगशालामा खेलको २८ औं मिनेटमा रोहेन सिंहले गोल गरे। यो गोल भएको […]

May 13, 2025

पिएम कप एनभिए भलिबल लिगमा शिवम् सिमेन्टको साथ

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघको आयोजनामा अर्को महिना हुने नवौं पिएम कप एनभिए महिला पुरुष भलिबल लिगसँग शिवम् सिमेन्ट जोडिएको छ। लिगमा शिवम् सिमेन्ट ‘स्ट्रेन्थ पार्टनर’ रुपमा जोडिएको भलिबल संघले जनाएको छ।  शिवम् सिमेन्टका  सेल्स एण्ड मार्केटिङका भि.पि. निखिल अग्रवाल तथा भलिबल संघका महासचिव रोशन श्रेष्ठले मंगलवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता रकम खुलाइएको छैन। […]

May 13, 2025

प्लानिङ ब्वाइज ‘ए’ डिभिजनमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेड २ खेल अगाडि ‘ए’ डिभिजनमा उक्लन सफल भएको छ। बाँसबारी क्लबलाई २-० ले हराउँदै प्लानिङ ब्वाइज शीर्ष डिभिजनमा उक्लिएको हो। यो जितमा प्लानिङ ब्वाइजले ११ खेलबाट २७ अंक बनाएर २ खेल अगावै शीर्ष दुईमा रहने निश्चित भएको हो। एन्फा कम्प्लेक्समा भएको खेलमा प्लानिङ ब्वाइजलाई बाँसबारीले पहिलो हाफमा गोल गर्न […]

Success

Thank you for your time.