2 years ago
January 15, 2024
काठमाडौं (हाम्रो खेलकुद) – चौथो टाइगर कप अन्तर्गत समूह बी को पहिलो खेलमा चन्द्रागिरि नगरपालिका न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।
पोखरा रंगशालामा भएको दिनको दोस्रो खेलमा न्यु डायमन्डले ३-१ को जित दर्ता गर्दै समूहमा ३ अंक जोडेको छ । रिमा कुँवरसँगै कप्तान प्रतिभा माली र युवा स्पाइकर सलिना बुढा मगरले उच्च प्रदर्शन गर्दा डायमन्डको जित सम्भव भएको थियो ।
डायमन्डले पहिलो सेट २५-२० ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा पनि आर्मीलाई दबाबमा राख्दै डायमन्ड २५-१७ ले विजयी भयो ।
तेस्रो सेटमा आर्मीले सुरुवातदेखि अग्रता बनाउँदै पुनरागमनको प्रयास गर्यो । एक समय ६ अंकले अघि रहेको आर्मीलाई डायमन्डले अन्त्यतिर चुनौती दियो । तर आर्मी २५-२३ ले तेस्रो सेट जित्दै खेलमा फर्कन सफल भयो ।
चौथो सेटमा न्यु डायमन्डले अन्त्यतिर एकपक्षीय प्रदर्शन गर्दै जित पक्का गर्यो । एक समय ९-९ को स्थितिमा रहेको खेल डायमन्डले २५-१५ को जित निकाल्दै विजयी सुरुवात पक्का गर्यो ।
त्यसअघि समूह ए तर्फ भएको दिनको पहिलो खेलमा नेपाल एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई पाँचौ सेटमा पराजित गरेको थियो ।
सुरुवाती दुई सेटमा जितेर बलियो स्थितिमा पुगेको एपिएफले त्यसपछि लगातार दुई सेट गुमाउँदा खेल पाँचौ सेटमा पुगेको थियो । तर पाँचौ सेटमा १५-१३ को अन्तरमा जित हासिल गर्दै एपिएफले २ अंक जोड्दा पराजित पुलिसले १ अंक प्राप्त गर्यो ।
पहिलो सेट एपिएफले २५-१८ ले जितेको थियो । एपिएफले २५-१८ कै अन्तरमा दोस्रो सेट पनि आफ्नो पक्षमा पार्यो ।
तेस्रो सेटमा भने पुलिसले सुरुवातदेखि अग्रता लिँदै २५-१९ को जितका साथ खेलमा फर्कियो । चौथो सेटमा पनि पुलिसले तेस्रो सेटको लयलाई कायम राख्दै २५-१८ को जित हासिल गर्यो ।
अब पुरुषतर्फ दिउँसो १२:३० बजे एपिएफ र पुलिस खेल्दा अन्तिम खेलमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
महिलातर्फ समूह एमा एपिएफ र पुलिसका साथ घरेलु टोली गण्डकी प्रदेश तथा समूह बी मा त्रिभुवन आर्मी क्लब, चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिम र भारतीय हरियाणा टिम छन् ।
पुरुषतर्फ सविक विजेता घरेलु टोली गण्डकी, पूर्व विजेता आर्मी र हेल्प नेपाल स्पोर्टस क्लब समूह ए तथा एपिएफ, पुलिस र श्रीलंका आर्मी टिम समूह बी मा छन् ।
समूह विजेता र उपविजेताले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् । लिग कम नकआउट र सेमिफाइनलमा हरेक दिन ४-४ खेल हुनेछन् । तेस्रो स्थान र फाइनलको दिन भने २-२ खेल हुनेछ ।
महिला र पुरुष दुवै तर्फको विजेता टोलीले समान ५ लाख ५५ हजार ५ सय ५५, दोस्रो हुनेले २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]