2 years ago
January 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबको महिला टोलीले चौथो टाइगर कप अन्तर्गत समूह बी को खेलमा भारतको हरियाणा टोलीलाई पाँचौ सेटमा पराजित गरेको छ ।
आर्मीले सुरुवाती सेट जितेपनि त्यसपछि लगातार दुई सेट गुमाएको खेलम पुनरागमन गर्दै जित हासिल गरेको हो । यस जितले आर्मी २ खेलमा २ अंक जोड्न सफल भयो । हरियाणाले हारको बाबजुद १ अंक जोडेको छ । यस नतिजाले ३ अंक जोडेको न्यु डायमन्ड भने सेमिफाइनलमा पुगेको छ । भोली हुने खेलमा न्यु डायमन्ड र हरियाणाले खेल्नेछन् ।
मंगलबार पोखरा रंगशालामा भएको खेलमा आर्मीले पहिलो सेट २५-२२ ले जितेको थियो । त्यसपछि हरियाणाले २५-२० र २५-१८ ले लगातार सेट जित्दै २-१ को अग्रता लियो । आर्मीले चौथो सेटमा २५-१७ र पाँचौ सेटमा १५-१२ को जित निकाल्दै जित निकालेको हो ।
त्यसअघि दिनको पहिलो खेलमा महिलातर्फ नै गण्डकीले तीन भारतीय खेलाडीलाई अनुबन्ध गरेपनि पुलिसविरुद्ध सोझो सेटको हार बेहोरेको थियो । पहिलो सेटमा २५-१० को जित हासिल गरेको पुलिसले दोस्रो सेट २५-९ ले जितेको थियो । तेस्रो सेटमा २५-१६ ले जित हासिल गर्दै पुलिसले प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको हो ।
महिलातर्फ समूह ए मा पुलिसको २ खेलमा ४ अंक छ । एपिएफको १ खेलमा २ अंक रहँदा गण्डकी अंकविहिन छ । बुधबारको खेलमा एपिएफ र गण्डकी भिड्नेछन् । समूह बी मा न्यु डायमन्डको १ खेलमा ३ अंक रहँदा आर्मी र हरियाणा टोली भारत अंकविहिन छन् ।
आज पुरुषतर्फ १२:३० बजे एपिएफ र श्रीलंका आर्मी खेल्नेछन् । अन्तिम खेल आर्मी र हेल्प नेपाल स्पोर्ट्स क्लबबीच हुनेछ ।
पुरुषतर्फ सविक विजेता घरेलु टोली गण्डकी, पूर्व विजेता आर्मी र हेल्प नेपाल स्पोर्टस क्लब समूह ‘ए’ तथा एपिएफ, पुलिस र श्रीलंका आर्मी टिम समूह ‘बी’ मा छन् । महिलातर्फ समूह ‘ए’मा एपिएफ र पुलिसका साथ गण्डकी तथा समूह ‘बी’ मा आर्मी, न्यु डायमण्ड र भारतीय हरियाणा टिम छन् ।
महिला र पुरुष दुवै तर्फको विजेता टोलीले समान ५ लाख ५५ हजार ५ सय ५५, दोस्रो हुनेले २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।
खेल तालिका:

December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]