default_image

2 years ago

January 16, 2024

हेल्प नेपालले आर्मीलाई हरायो

3335 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – हेल्प नेपाल स्पोर्ट्स क्लबले चौथो टाइगर कप अन्तर्गत आफ्नो पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।

पोखरा रंगशालाको भलिबल कोर्टमा हेल्प नेपालले आर्मीलाई ३-१ को अन्तरमा हराउँदै ३ अंक जोडेको हो । ३ पाकिस्तानी खेलाडीसहित उत्रिएको हेल्प नेपालले आर्मीलाई हराउँदै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । समूहमा अब बुधबार हेल्प नेपाल र गण्डकीले खेल्नेछन् । सोमबार स्थगित भएको आर्मी र गण्डकीको खेल भने अझै तोकिएको छैन ।

पहिलो सेट हेल्प नेपालले आर्मीलाई २५-१८ ले पराजित गर्यो । दोस्रो सेटमा पनि हेल्प नेपाल २५-२० ले आफ्नो पक्षमा पार्यो । आर्मीले तेस्रो सेटमा २५-२३ को जित दर्ता गर्दै खेलमा फर्कने संकेत देखायो । चौथो सेट हेल्प नेपालले २५-२० ले जित्दै पूरा ३ अंक पक्का गर्यो ।

त्यसअघि पुरुषतर्फ समूह ए मा श्रीलंका आर्मीले नेपाल एपिएफ क्लबलाई ३-१ ले पराजित गरेको थियो । पहिलो सेट २३-२५ ले जितेको एपिएफले त्यसपछिको सेट २५-१९,२५-२१,२५- १३ ले गुमाएको थियो ।

पहिलो दिन समूह बी मा एपिएफले नेपाल पुलिस क्लबलाई ३-० को‌ सोझो सेटमा हराएको थियो। समूह को अन्तिम खेलपछि मात्र सेमिफाइनल पुग्ने २ टोलीको टुंगो लाग्नेछ ।

पुलिस र श्रीलंकन टोलीबीच बुधबार खेल हुनेछ। सेमिफाइनल सम्भावनालाई जीवित राख्न पुलिसले सोझो सेटमा पराजित गर्नु पर्नेछ । अन्यथा टोली प्रतियोगिताबाट बाहिरिनेछ ।

त्यसअघि महिलातर्फ खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले जित हासिल गरे । आर्मीले भारतको हरियाणा टोलीलाई हराउँदा पुलिसले स्थानीय गण्डकी प्रदेशलाई पख लगायो ।

आर्मीले सुरुवाती सेट जितेपनि त्यसपछि लगातार दुई सेट गुमाएको खेलमा पुनरागमन गर्दै जित हासिल गरेको हो । यस जितले आर्मी २ खेलमा २ अंक जोड्न सफल भयो । हरियाणाले हारको बाबजुद १ अंक जोडेको छ । यस नतिजाले ३ अंक जोडेको न्यु डायमन्ड भने सेमिफाइनलमा पुगेको छ । भोली हुने खेलमा न्यु डायमन्ड र हरियाणाले खेल्नेछन् ।

आर्मीले पहिलो सेट २५-२२ ले जितेको थियो । त्यसपछि हरियाणाले २५-२० र २५-१८ ले लगातार सेट जित्दै २-१ को अग्रता लियो । आर्मीले चौथो सेटमा २५-१७ र पाँचौ सेटमा १५-१२ को जित निकाल्दै जित निकालेको हो ।

त्यसअघि दिनको पहिलो खेलमा महिलातर्फ नै गण्डकीले तीन भारतीय खेलाडीलाई अनुबन्ध गरेपनि पुलिसविरुद्ध सोझो सेटको हार बेहोरेको थियो । पहिलो सेटमा २५-१० को जित हासिल गरेको पुलिसले दोस्रो सेट २५-९ ले जितेको थियो । तेस्रो सेटमा २५-१६ ले जित हासिल गर्दै पुलिसले प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको हो ।

महिलातर्फ समूह ए मा पुलिसको २ खेलमा ४ अंक छ । एपिएफको १ खेलमा २ अंक रहँदा गण्डकी अंकविहिन छ । बुधबारको खेलमा एपिएफ र गण्डकी भिड्नेछन् । समूह बी मा न्यु डायमन्डको १ खेलमा ३ अंक रहँदा आर्मी र हरियाणा टोली भारत अंकविहिन छन् ।

पुरुषतर्फ सविक विजेता घरेलु टोली गण्डकी, पूर्व विजेता आर्मी र हेल्प नेपाल स्पोर्टस क्लब समूह ‘ए’ तथा एपिएफ, पुलिस र श्रीलंका आर्मी टिम समूह ‘बी’ मा छन् । महिलातर्फ समूह ‘ए’मा एपिएफ र पुलिसका साथ गण्डकी तथा समूह ‘बी’ मा आर्मी, न्यु डायमण्ड र भारतीय हरियाणा टिम छन् ।

महिला र पुरुष दुवै तर्फको विजेता टोलीले समान ५ लाख ५५ हजार ५ सय ५५, दोस्रो हुनेले २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

खेल तालिका:

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.