2 years ago
January 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – हेल्प नेपाल स्पोर्ट्स क्लबले चौथो टाइगर कप अन्तर्गत आफ्नो पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।
पोखरा रंगशालाको भलिबल कोर्टमा हेल्प नेपालले आर्मीलाई ३-१ को अन्तरमा हराउँदै ३ अंक जोडेको हो । ३ पाकिस्तानी खेलाडीसहित उत्रिएको हेल्प नेपालले आर्मीलाई हराउँदै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । समूहमा अब बुधबार हेल्प नेपाल र गण्डकीले खेल्नेछन् । सोमबार स्थगित भएको आर्मी र गण्डकीको खेल भने अझै तोकिएको छैन ।
पहिलो सेट हेल्प नेपालले आर्मीलाई २५-१८ ले पराजित गर्यो । दोस्रो सेटमा पनि हेल्प नेपाल २५-२० ले आफ्नो पक्षमा पार्यो । आर्मीले तेस्रो सेटमा २५-२३ को जित दर्ता गर्दै खेलमा फर्कने संकेत देखायो । चौथो सेट हेल्प नेपालले २५-२० ले जित्दै पूरा ३ अंक पक्का गर्यो ।
त्यसअघि पुरुषतर्फ समूह ए मा श्रीलंका आर्मीले नेपाल एपिएफ क्लबलाई ३-१ ले पराजित गरेको थियो । पहिलो सेट २३-२५ ले जितेको एपिएफले त्यसपछिको सेट २५-१९,२५-२१,२५- १३ ले गुमाएको थियो ।
पहिलो दिन समूह बी मा एपिएफले नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हराएको थियो। समूह को अन्तिम खेलपछि मात्र सेमिफाइनल पुग्ने २ टोलीको टुंगो लाग्नेछ ।
पुलिस र श्रीलंकन टोलीबीच बुधबार खेल हुनेछ। सेमिफाइनल सम्भावनालाई जीवित राख्न पुलिसले सोझो सेटमा पराजित गर्नु पर्नेछ । अन्यथा टोली प्रतियोगिताबाट बाहिरिनेछ ।
त्यसअघि महिलातर्फ खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले जित हासिल गरे । आर्मीले भारतको हरियाणा टोलीलाई हराउँदा पुलिसले स्थानीय गण्डकी प्रदेशलाई पख लगायो ।
आर्मीले सुरुवाती सेट जितेपनि त्यसपछि लगातार दुई सेट गुमाएको खेलमा पुनरागमन गर्दै जित हासिल गरेको हो । यस जितले आर्मी २ खेलमा २ अंक जोड्न सफल भयो । हरियाणाले हारको बाबजुद १ अंक जोडेको छ । यस नतिजाले ३ अंक जोडेको न्यु डायमन्ड भने सेमिफाइनलमा पुगेको छ । भोली हुने खेलमा न्यु डायमन्ड र हरियाणाले खेल्नेछन् ।
आर्मीले पहिलो सेट २५-२२ ले जितेको थियो । त्यसपछि हरियाणाले २५-२० र २५-१८ ले लगातार सेट जित्दै २-१ को अग्रता लियो । आर्मीले चौथो सेटमा २५-१७ र पाँचौ सेटमा १५-१२ को जित निकाल्दै जित निकालेको हो ।
त्यसअघि दिनको पहिलो खेलमा महिलातर्फ नै गण्डकीले तीन भारतीय खेलाडीलाई अनुबन्ध गरेपनि पुलिसविरुद्ध सोझो सेटको हार बेहोरेको थियो । पहिलो सेटमा २५-१० को जित हासिल गरेको पुलिसले दोस्रो सेट २५-९ ले जितेको थियो । तेस्रो सेटमा २५-१६ ले जित हासिल गर्दै पुलिसले प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको हो ।
महिलातर्फ समूह ए मा पुलिसको २ खेलमा ४ अंक छ । एपिएफको १ खेलमा २ अंक रहँदा गण्डकी अंकविहिन छ । बुधबारको खेलमा एपिएफ र गण्डकी भिड्नेछन् । समूह बी मा न्यु डायमन्डको १ खेलमा ३ अंक रहँदा आर्मी र हरियाणा टोली भारत अंकविहिन छन् ।
पुरुषतर्फ सविक विजेता घरेलु टोली गण्डकी, पूर्व विजेता आर्मी र हेल्प नेपाल स्पोर्टस क्लब समूह ‘ए’ तथा एपिएफ, पुलिस र श्रीलंका आर्मी टिम समूह ‘बी’ मा छन् । महिलातर्फ समूह ‘ए’मा एपिएफ र पुलिसका साथ गण्डकी तथा समूह ‘बी’ मा आर्मी, न्यु डायमण्ड र भारतीय हरियाणा टिम छन् ।
महिला र पुरुष दुवै तर्फको विजेता टोलीले समान ५ लाख ५५ हजार ५ सय ५५, दोस्रो हुनेले २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।
खेल तालिका:

December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]