default_image

2 years ago

January 17, 2024

श्रीलंका आर्मीलाई हराएपनि पुलिस टाइगर कपबाट बाहिरियो

4142 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब चौथो टाइगर कपको समूह चरणबाट बाहिरिएको छ । समूहको अन्तिम खेलमा श्रीलंका आर्मीलाई ३-१ को अन्तरले पराजित गरेपनि पुलिस समूहको अंक तालिकाको पुछारमा रहेर बाहिरियो ।

पोखरा रंगशालाको भलिबल कोर्टमा पुलिसले निकै प्रतिस्पर्धात्मक पहिलो सेट ४१-३९ को अन्तरमा जितेको थियो । दोस्रो सेट २५-१३ ले जितेको श्रीलंका आर्मीले त्यसपछि भने लगातार दुई सेट गुमायो । पुलिसले २५-२० ले तेस्रो सेट र २५-१७ ले चौथो सेट जित्दै खेल जित्यो ।

तर समूह बी मा एपिएफ, श्रीलंका आर्मी र पुलिसको समान ३-३ अंक भएपनि सेटको अन्तरमा पुलिस बाहिरिएको हो । एपिएफले पहिलो खेलमा पुलिसलाई सोझो सेटमा हराएको थियो । श्रीलंका आर्मीले एपिएफलाई ३-१ ले हराउँदा पुलिसले पनि श्रीलंका आर्मीलाई ३-१ ले नै हराएको थियो । सेट अन्तरको आधारमा एपिएफ समूह विजेता बन्दा श्रीलंका आर्मी उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरे ।

समूह ए मा आज गण्डकी र हेल्प नेपाल भिड्दैछन् । पहिलो दिन स्थगित भएको गण्डकी र आर्मीको खेल तय भएको छैन । यस्तै हेल्प नेपालले मंगलबार आर्मीलाई हराइसकेको छ ।

त्यस्तै महिलातर्फ भने सेमिफाइनल समीकरण पूरा भएको छ । आज सम्पन्न खेलमा न्यु डायमन्डले भारतको हरियाणा टोलीलाई हराउँदै समूह विजेता बन्दा पुलिसले गण्डकी प्रदेशलाई हराउँदै समूह उपविजेताको रुपमा सेमिफाइनलमा स्थान पक्का गर्यो ।

न्यु डायमण्डले बुधबार भारतको हरियाणा पुलिस टिमलाई ३-० ले हराउँदै समूह ‘बी’ को ६ अंकसहित समूह विजेता बन्यो। आर्मी २ अंकका साथ उपविजेताका रुपमा अन्तिम चारमा पुगेको थियो ।

न्यु डायमण्ड २५-१७,२५-१८ र २५-१६ ले विजयी भएको थियो। अब सेमिफाइनलमा एपिएफ र आर्मी तथा न्यु डायमण्ड र नेपालमा पुलिस क्लबबीच हुनेछ । दिनको पहिलो खेलमा पुलिसले गण्डकीलाई सोझो सेटमा हराएको थियो ।

पुरुषतर्फ सविक विजेता घरेलु टोली गण्डकी, पूर्व विजेता आर्मी र हेल्प नेपाल स्पोर्टस क्लब समूह ‘ए’ तथा एपिएफ, पुलिस र श्रीलंका आर्मी टिम समूह ‘बी’ मा छन् । महिलातर्फ समूह ‘ए’मा एपिएफ र पुलिसका साथ गण्डकी तथा समूह ‘बी’ मा आर्मी, न्यु डायमण्ड र भारतीय हरियाणा टिम थिए । गण्डकी र हरियाणा प्रतियोगिताबाट बाहिरिएका छन् ।

महिला र पुरुष दुवै तर्फको विजेता टोलीले समान ५ लाख ५५ हजार ५ सय ५५, दोस्रो हुनेले २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.