default_image

1 year ago

January 17, 2024

राखेपले पेस्की तथा बेरुजु फस्र्यौटमा कडाइ गर्ने

200 views

0 Bookmark

काठमाडौं (हाम्र्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई पेस्की बाँकी रहेका संस्थाहरुलाई अनुदान रोक्नका लागि सुझाव दिइएको छ । राखेपले गठन गरेको बेरुजु फस्र्यौट कार्यदलले बुधबार बुझाएको प्रतिवेदनमा उक्त सुझाव दिइएको छ ।

त्यस्तै वैदेशिक यात्रा तथा सहभागिताका लागि सिफारिस समेत गर्न नहुने सुझावमा प्रतिवेदनमा उल्लेख गरिएको राखेपका सदस्य एवं कार्यदलका संयोजक प्रकाशकुमार कुसारीले बताएका छन् ।

विभिन्न राष्ट्रिय संघहरुका नाममा निकै ठूलो अंकमा पेस्की रहेको भन्दै कार्यदलले फस्र्याैट नगर्ने संघ, कर्मचारी तथा पदाधिकारीलाई कार्वाहीको दायरामा ल्याउनु अनिवार्य हुने उल्लेख गरिएको राखेपले जनाएको छ ।

त्यस्तै आर्थिक प्रशासन शाखाले पनि बेरुजु कम गराउनेतर्फ कर्मचारीहरुलाई आर्थिक कारोबार सम्बन्धी प्रशिक्षणको व्यवस्था गर्न समेत सुझाव दिएको कार्यदलका सचिव कुमार बस्नेतले बताएका छन् ।

प्रतिवेदन बुझ्ने क्रममा राखेप सदस्य सचिव टंकलाल घिसिङले पेस्की तथा बेरुजू फस्र्यौट कडाइ गर्नुका साथै कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

May 18, 2025

उद्घाटन खेलमा न्यु होराइजन विजयी

सुमन अधिकारी, बुटवल बुटवल उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा प्रथम मेयर कप विधालयस्तरिय क्रिकेट प्रतियोगिता आइतवार सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेल न्यु होराईजनले गार्गी एकेडेमीलाई १ सय ११ रनले हराएको छ। शक्ति गौचनको प्रशिक्षणमा रहेको न्यु होराइजनले टस जितेर पहिले ब्याटिङ गर्दै १४.३ ओभरमा १ सय ४६ रन बनाएको थियो । न्यु होराइजनका […]

May 18, 2025

पञ्जाब र राजस्थान खेल्दै

एजेन्सी – रिकी पोन्टिङले अवरुद्ध सिजनको चुनौतीको सामना कसरी गर्नुपर्दछ भन्ने राम्ररी बुझेका छन् । सन् २०२१ मा जब उनी दिल्ली क्यापिटल्समा थिए । उनले टोलीलाई तालिकाको शीर्षमा पुर्‍याएका थिए। त्यसपछि कोभिडका कारण सिजनबीचमा खेल स्थगित भएको थियो । आइपिएल फेरि सुरु हुँदा दिल्लीले आफ्नो लय कायम राख्दै शीर्ष दुईमा स्थान बनाएको थियो। तर प्लेअफमा […]

May 18, 2025

च्याम्पियन पिएसजीको पुनरागमन जित

एजेन्सी – च्याम्पियन पेरिस सेन्ट-जर्मेन (पिएसजी ) ले जितेका साथ लिग वान सिजनको अन्त्य गरेको छ।पिएसजीले शनिवार ओसेरमाथि ३-१ को पुनरागमन जित निकालेको हो। अप्रिल ५ मा आङ्जेरलाई हराएर ६ खेल बाँकी छँदै पिएसजीले लगातार चौथो लिग १ उपाधि जितेका थियो।३० औं मिनेटमा लासिन सिनेयोकोले गोल गर्दै ओसेरलाई अप्रत्याशित अग्रता दिलाए। पिएसजीले दोस्रो हाफको ८ […]

Success

Thank you for your time.