2 years ago
January 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – पोखरामा जारी चौथो टाइगर कप अन्तर्गत विहीबार महिलातर्फ सेमिफाइनल खेल र पुरुषतर्फ समूह ए को अन्तिम खेल हुने भएको छ ।
समय अभावका कारण प्रतियोगिताको पहिलो दिन स्थगित भएको गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबको खेल आज सुरुवातदेखि खेलाइने भएको छ । उक्त खेलको विजेताले सेमिफाइनलमा स्थान पक्का गर्ने भएकाले पनि कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । यद्यपि खेलको नतिजा र अंक अनुसार समूह विजेता र उपविजेता छिनोफानो हुनेछ ।
पुरुषतर्फ समूह बी बाट एपिएफ समूह विजेता र श्रीलंका आर्मी उपविजेता बनिसकेका छन् । यस्तै समूह ए कै हेल्प नेपाल स्पोर्ट्स क्लब पनि सेमिफाइनलमा पुग्ने पक्का भइसकेको छ ।
महिलातर्फ भने पहिलो सेमिफाइनलमा समूह ए को विजेता नेपाल एपिएफ क्लबले समूह बी उपविजेता त्रिभुवन आर्मी क्लबसँग खेल्दैछ । त्यस्तै अर्को सेमिफाइनलमा समूह बी को शीर्षस्थानमा रहेर अघि बढेको चन्द्रागिरी नगरपालिका न्यु डायमन्डले नेपाल पुलिस क्लबको सामना गर्नेछ । विदेशी खेलाडी सम्मिलित गण्डकी प्रदेश र भारतको हरियाणा टोली समूह चरणबाट नै बाहिरिए ।
प्रतियोगिता अन्तर्गत शुक्रबार महिलातर्फ तेस्रो खेल र पुरुषतर्फका सेमिफाइनल खेलहरु हुने तालिका रहेको छ । यस्तै प्रतियोगिताको अन्तिम दिन पुरुष र महिलाको फाइनलसँगै पुरुषको तेस्रो स्थानको खेल पनि हुनेछ ।
महिला र पुरुष दुवै तर्फको विजेता टोलीले समान ५ लाख ५५ हजार ५ सय ५५, दोस्रो हुनेले २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]