2 years ago
January 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै चन्द्रागिरी नगरपालिका न्यु डायमन्ड क्लब चौथो टाइगर कपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालाको भलिबल कोर्टमा विहीबार सम्पन्न सेमिफाइनलमा पुलिसलाई सोझो सेटमा पराजित गर्दै न्यु डायमन्डले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । न्यु डायमन्डले अब फाइनलमा नेपाल एपिएफ क्लबसँग खेल्नेछ ।
दोस्रो सेमिफाइनलको पहिलो सेटमा पुलिसले राम्रो सरुवात गरेपनि त्यसलाई निरन्तरता दिन सकेन । न्यु डायमन्डले पहिलो सेट २५-१९, दोस्रो सेट २५-१८ र तेस्रो सेट २५-१८ को अन्तरले जित्दै फाइनलमा स्थान बनायो ।
त्यसअघि पहिलो सेमिफाइनलमा एपिएफले त्रिभुवन आर्मी क्लबको २ सेटले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै फाइनलमा स्थान बनाएको थियो । आर्मीले सुरुवाती दुई सेट सहजै जिते एपिएफले त्यसपछि लगातार तीन सेट जित्दै उपाधि भिडन्तमा स्थान पक्का गर्यो ।
आर्मीले सुरुवाती सेट २५-१९ र दोस्रो सेट २५-२० ले जित्यो । त्यसपछि एपिएफले २५-१२ र २५-१६ को अन्तरले जित दर्ता गर्दै पुनरागमनको बाटो बुन्यो । पाँचौ सेटमा आर्मी अन्त्यसम्म अग्रतामा रहेपनि एपिएफले त्यसमा पनि पुनरागमन गर्दै १५-१३ को जितसहित फाइनलमा स्थान बनायो ।
दिनको अन्तिम खेल समय अभावका कारण प्रतियोगिताको पहिलो दिन स्थगित भएको गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । पहिलो दिन गण्डकी २-१ को अग्रतामा रहेपनि आज खेल सुरुवातदेखि खेलाइनेछ । उक्त खेलको विजेताले सेमिफाइनलमा स्थान पक्का गर्ने भएकाले पनि कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । यद्यपि खेलको नतिजा र अंक अनुसार समूह विजेता र उपविजेता छिनोफानो हुनेछ ।
पुरुषतर्फ समूह बी बाट एपिएफ समूह विजेता र श्रीलंका आर्मी उपविजेता बनिसकेका छन् । यस्तै समूह ए कै हेल्प नेपाल स्पोर्ट्स क्लब पनि सेमिफाइनलमा पुग्ने पक्का भइसकेको छ ।
प्रतियोगिता अन्तर्गत शुक्रबार महिलातर्फ तेस्रो खेल र पुरुषतर्फका सेमिफाइनल खेलहरु हुने तालिका रहेको छ । यस्तै प्रतियोगिताको अन्तिम दिन पुरुष र महिलाको फाइनलसँगै पुरुषको तेस्रो स्थानको खेल पनि हुनेछ ।
महिला र पुरुष दुवै तर्फको विजेता टोलीले समान ५ लाख ५५ हजार ५ सय ५५, दोस्रो हुनेले २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]