default_image

1 year ago

January 28, 2024

लुम्बिनी विरुद्ध मधेशको जित

1271 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मधेश प्रदेशले जारी प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा जित सहित लिग चरण टुंगाएको छ । आफ्नो अन्तिम खेलमा लुम्बिनी प्रदेश माथि ९ रनको जित निकाल्दै मधेशले सुखद अन्त्य गरेको हो ।  

मूलपानीमा मधेश प्रदेशले दिएको १७० रनको मध्यम लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४०.५ ओभरमा १६० रनमा समेटियो । मधेशको जितमा प्रदीप पासवान एक्लैले ६ विकेट लिए । उनले ९ ओभर बलिङ गरेर ३० रन खर्चिए ६ विकेट लिएका हुन् ।

यस्तै अभिषेक तिवारीले २ विकेट लिए भने रुपेश सिंह र हरिशंकर शाहले समान एक एक विकेट लिए ।

लुम्बिनीका लागि प्रज्वल थापाले ७९ बलमा ४ चौका र ३ छक्का सहित ६२ रनको अर्धशतकीय इनिङ खेले । यस्तै अभिषेक गौतमले २६ रन बनाए भने दिलसाद अलिले २२ र म्रिनाल गुरुङले २१ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मधेश ४१.३ ओभरमा १६९ मा समेटिन पुग्यो । मधेसका लागि अरनिको यादवले सर्वाधिक ३८ रन बनाएका थिए । यस्तै पावन सर्राफ र अभिषेक तिवारीले समान २६-२६ रन बनाउँदा मयन यादवले २२ रन बनाए ।

लुम्बिनीका लागि वीर मगरले ४ विकेट लिए । उनले ८.३ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिएका हुन् । यस्तै अभिषेक गौतमले ३ तथा निर्मल गुरुङ, मोहम्मद हुसेन र कृष्ण कार्कीले समान एक एक विकेट लिए ।

July 17, 2025

प्रगति पोखरा निन्जाजको मार्की

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य प्रगति नाथ पोखरा निन्जाजको मार्की खेलाडी नियुक्त भएकी छिन्। पोखरा निन्जाजले आज सामाजिक सन्जालमार्फत प्रगतिलाई आफ्नो मार्की खेलाडीको‌ रुपमा सार्वजनिक गरेको छ। प्रगति सम्मिलित पोखरा निन्जाजले भदौमा हुने एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका चुनौती पेश गर्ने छ । पहिलो संस्करणमा भाग लिएको गण्डकी थन्डर्सको […]

July 17, 2025

मधेश युनाइटेडको मार्कीमा निरुताको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद)- मधेश युनाइटेडले राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर निरुता ठगुन्नालाई एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संंस्करणका लागि मार्की खेलाडीका रुपमा निरन्तरता दिएको छ। निरुताल फेरि पनि मधेश युनाइटेडसँग खेल्ने अवसर पाउँदा खुशी व्यक्त गरेकी छन् । ‘टिमलाई विजेता बनाउन म आफ्नो उत्कृष्ट प्रदर्शन दिनेछु’ निरुताले भनिन् । मधेश युनाइटेडले भनेको छ, […]

July 17, 2025

इडब्लुभिएलमा लुम्बिनी लाभाको प्रवेश

काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) लुम्बिनी लाभा नयाँ टोलीको रुपमा भित्रिएको छ । पहिलो संस्करणमा खेलेको चितवन शक्तिको स्थानमा लुम्बिनी लाभाको प्रवेश गरेको बताइएको छ। लुम्बिनी लाभाको स्वामित्व सुश्री मिडियासँग रहनेछ । लुम्बिनी लाभाले छिटै आफ्नो मार्की खेलाडी, मुख्य प्रशिक्षक घोषणा गर्ने जनाएको छ। इडब्लुभिएलको दोस्रो संस्करण भदौं २० देखि २८ गते‌सम्म […]

Success

Thank you for your time.